ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बिरामीले देशमै उपचार गर्नुपर्छः स्वास्थ्य मन्त्री पन्थी

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

बुटवल ,९ बैशाख ।
नेपाल स्वास्थ्य प्राविधिक संघ(पान), रुपन्देहीको १२ औं जिल्ला अधिवेशन लाई सम्बोधन गर्दै शनिबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले नेपालमै उपचार संभव भएका बिरामीले देशमै उपचार गर्नुपर्ने बताएका छन् ।
“अचेल उपचारका नाउँमा बिदेश जाने चलन बढेको छ, उपचार असम्भव नै भए विदेश जानुपर्ला तर सम्भव भएसम्म नेपाल कै स्वास्थ्य जनशक्ति र अस्पतालको विश्वास गर्नुपर्छ ।“– पन्थीले भने ।
नेपालको स्वास्थ्य प्रणालीमा नेपाल स्वास्थ्य प्राविधिक संघको अतुलनीय योगदान रहेको बताउँदै मन्त्री पन्थीले पान पुरानो इतिहास बोकेको संस्था रहेको र समय सापेक्ष रचनात्मक गतिविधि निरन्तरता दिनुपर्ने बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद कुमार गिरीले नेपाल स्वास्थ्य प्राविधिक संघ नेपालको स्वास्थ्य क्षेत्रको जग रहेको बताए । डा. गिरीले नेपाल स्वास्थ्य प्राविधिक संघ सबैको साझा संस्था रहेको र आगामी दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठले संघको स्थापना,लक्ष, उदेश्य र संघले गरेका गतिविधि माथि प्रकाश पारे । नेपाल स्वास्थ्य प्राविधिक संघले स्वास्थ्य क्षेत्रमा मात्रै होइन राजनीतिक परिवर्तनको आन्दोलनमा उल्लेख समेत भूमिका खेलेको श्रेष्ठले दाबी गरे ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले स्वास्थ्य प्राविधिकको साथ बिना स्वास्थ्य क्षेत्र अगाडि बढ्न नसक्ने बताए । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सचिव अमृत भुसालले स्वास्थ्यकर्मीलाई योग्यता अनुरुपको पारिश्रमिकको व्यवस्था नहुँदा हरेक दिन बिदेश जानेहरूमा अधिकांश स्वास्थ्य क्षेत्रका रहेको बताउँदै देशमै पेशागत सुनिश्चितता कायम हुनुपर्ने बताए । राष्ट्रिय आयुर्वेद एसोसिएसनका शालिकराम भुसाल, पूर्व अध्यक्ष बाबुराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला अध्यक्ष बुद्धि बहादुर घर्ती, जिल्ला उपाध्यक्ष उपेन्द्र अर्याल, सचिव गणेश भट्टराई लगायतले शुभकामना दिएका थिए । जारी अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?