ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन
मुख्य खबर

प्रदेश सरकारलाई वित्तीय प्रगतिको ‘लाज’

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

लमही,  बैशाख – लुम्बिनी प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका उपलब्धी सार्वजनिकगर्दै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रदेश सरकारले रणनैतिक उपलब्धीहरु हासिल गरेको दाबी गरेका छन् । तर आर्थिक बर्षको अन्त्यतिर आइपुग्दासम्म प्रदेश सरकारको बित्तीयप्रगति सन्तोषजनक देखिएको छैन् । प्रदेशको चालु
आर्थिक बर्षको वित्तीय प्रगति ३५.२४ प्रतिशत मात्रै रहेको छ ।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दिर्घकालीन लक्ष्य र उद्देश्य पुरा गर्न प्रदेश सरकारले जगबसाउन सफल भएको जानकारी गराइएको छ । यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यनका लागि महत्वपूर्ण कार्य भएको छ । राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माणको कार्य प्रारम्भ भएको छ ।

आगामी तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा प्रशासनीक भवन निर्माणले तीब्रता पाएको छ । यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानी सहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश राजधानी स्थलबाट कार्य प्रारम्भ गरेको सरकारले प्रदेशको विकास र समृद्धिको बाटोबाट ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रदेशबासीको जीवनस्तरमा गुणात्मकसुधार ल्याउने र समग्र विकासलाई समावेशी एवं सामाजिक न्यायमा आधारित बनाउने संकल्पका साथ अघि बढेको जानकारी गराइएको छ । खस्कदो आर्थिक अवस्था र बढ्दो बेरुजु घटाउनका लागि सुशासन कायम गर्न सरकार सफल भएको दावी गरिएको छ । विगतको १७ सदस्यीय ठूलो आकारको मन्त्री परिषद्लाई घटाएर १० सदस्यीयमा सीमित गरी राज्यको अनावश्यक खर्च कटौती गर्न वर्तमान सरकार सफल भएको मन्त्री आचार्यको दाबी छ ।‘
प्रदेश सरकारका उपलब्धीलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतको शिर्षकमा सार्वजनिक गरिएको छ । संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ । प्रदेश राजधानीमा एउटै हाताभित्र ६ वटा मन्त्रालय र राप्ती गाउँपालिकाको सहयोगमा ४ वटा मन्त्रालयका प्रशासनीक कार्यालयका साथै लमहीमा विभिन्न संघसंस्थाको सहयोगमा मन्त्री निवास स्थापना गरिएको छ ।
३ वर्षमा सम्पन्न गर्नेगरी मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका प्रशासनीक भवन शिलान्यास गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ । संस्थागत विकासका लागि सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका प्रशासनीक भवन शिलान्यास गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट तर्जुमा सम्बन्धमा स्रोत अनुमान समिति, एमटिइएफ समिति गठन भई बजेट तर्जुमा प्रक्रिया थालिएको छ ।

राजधानी विकास जग्गा एकीकरण आयोजनाअन्तर्गत १४ वटै वडाका लागि १४ प्याकेजमा प्रामर्शदाता छनौट गरी सो क्षेत्रमा जग्गा एकीकरण तथा नाप नक्सांकन अगाडि बढेको छ । पूर्वाधार विकास तर्फ सय दिनमा २८ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको छ । पाँच वटा सडक पुल निर्माण भएको छ । ७३ वटा कल्भर्ट निर्माण भएके छ । एक वटा झोलुंगे पुल, १२ वटा सडक ट्याक खोलिएको छ । २३ किलोमिटर पक्कि नाला निर्माण गरिएको छ । ६ वटा सिंचाई बाँध तथा मुहान निर्माण गरिएको छ । ५८ वटा पक्कि नहर बनाइएको छ । ५३ वटा लिफ्ट सिंचाई आयोजना निर्माण गरिएको छ । ७३ किलोमिटर सिंचाई पाइप विस्तार गरिएको छ । १४ किलोमिटर नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको छ ।

सामाजिक विकासतर्फ मुटुको भल्भ प्रतिस्थापन, मृगौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि ८ सय ६० जना बिरामीलाई आर्थिक सहायताका लागि सिफारिस गरिएको छ । कपिलबस्तुको शिवराज नगरपालिका वडानम्वर ५ चन्द्रौटामा लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापनाका लागि भवन निर्माण सुरु गरिएको छ ।

लामो समयदेखि रोकिएको कोरोना भाईरस (कोभिड १९) बाट मृत्यु भएका परिवारका लागि प्रदान गर्ने रकम प्रदान गर्नका लागि बजेटको व्यवस्थापन गरिएको छ । कोभिड नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० मा बसेको बैठकको निर्णय अनुसार कोडिबाट मृत्यु भएका प्रदेशभरका ६ सय ३६ जनाका परिवारलाई १ लाखका दरले उपलब्ध गराउने गरी ६ करोड ३६ लाख राहत रकमको निकासा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने गरी बजेट उपलब्ध गराइएको छ ।

कानुन निर्माण तर्फ लुम्बिन प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक प्रदेश सभाले स्विकृत प्रदान गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०७९ र स्थानीय सेवा ऐन, २०७९ को मस्यौदा तयार गरी राय परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाइएको छ । आर्थिक विकासतर्फ यो एक सय दिनमा प्रदेशको चालु
आर्थिक बर्षको वित्तिय प्रगति ३५.२४ प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत पुगेको बताएको छ । ४९.८२ प्रतिशत राजश्व संकलन भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन पश्चात लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्ती भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?