ट्रेंडिंग:

>> समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू >> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ

सत्ता गठबन्धनले संविधानको मर्म अनुसार चलेनः विश्वकर्मा

९ बैशाख २०८०, शनिबार
९ बैशाख २०८०, शनिबार

बुटवल, ९ बैशाख ।

नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताएका हुन् ।

“सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”–उनले भने, “यसले प्राप्त उपलव्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी हुने कुरालाई मलजल गरेको छ ।”

नेता विश्वकर्माले २०७२ सालमा जारी संविधानले दुई कार्यकाल पूरा गर्न नपाउँदै पुनरावलोकनको चर्चा उठ्ने गरेको भन्दै कम्तीमा १०÷१५ वर्ष पर्खनुपर्ने बताए । “अहिले नै यसको पुनरावलोकनको बेला भएको छैन, परीक्षणका लागि पनि कम्तीमा १०–१५ वर्ष पर्खनुपर्छ”–उनले भने ।

नेता विश्वकर्माले एमालेले देशव्यापाीरुपमा सञ्चालन गरेको मिसन ग्रासरुटले सबै तहका कार्यकर्ता पंक्तिलाई जिम्मेवार र जवाफदेही बनाएको र सबैमा जागरण पैदा गरेको बताए । पुष्पलालका योगदानको चर्चा गर्दै उनले एमालेले मात्रै सच्चा कम्युनिष्ट पार्टीको नेतृत् वगर्न सक्ने र देशलाई सही बाटोमा हिंडाउन सक्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता देवेन्द्र घिमिरेले पुष्पलालका सही विचारको अनुसरण गर्न सके मात्रै देशमा कम्युनिष्ट शासन स्थापना गर्न सकिने बताए । कम्युनिष्ट इतिहासको चर्चा गर्दै उनले पुष्पलाललाई गद्दार भन्नेहरु पाखा लागेको स्मरण गर्दै सबै अटाउन सक्ने कम्युनिष्ट पार्टीको निर्माण नै आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि पार्टीका आगामी कार्यक्रम, योजना र नीतिका बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?