© २०२३
पाल्पा, ८ वैशाख ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्युु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिदां स्कुुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्युु भएको हो ।
बसको ठक्करबाट घाइते भएका न्यौपानेको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।