ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय सरकार

शिवराजमा निःशुल्क विद्यालय भर्ना अभियान

अभियानको क्रममा नगरप्रमुख थापाले छोरीलाई सरकारी विद्यालयमा भर्ना गरे ।
७ बैशाख २०८०, बिहीबार
७ बैशाख २०८०, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ६ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारसहित विद्यालयप्रति आम नागरिकहरुको विश्वासनीयता बढाउन सामुदायिक विद्यालयमा सरकारी कर्मचारी, जनप्रतिनिधि तथा संस्थागत कर्मचारी लगायतले सामुदायिक विद्यालयमा भर्ना गर्न नगरपालिकाले आग्रह गरेको छ ।

सरकारको अवधारणा अनुसार नगरपालिकाले पनि निःशुल्क शिक्षा कार्यान्वयन गर्न जोड दिएको छ । सबैले विद्यार्थीले २०८० सालदेखि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न नगरपालिका विधिवत् रुपमा कदम चालेको छ । अनिवार्य तथा निःशुल्क शिक्षाले पालिकामै सरकारी विद्यालयलाई गुणस्तरीय शिक्षामा टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन, २०७९ को दफा ६ को उपदफा (१) मा “शिवराज नगरपालिकामा बसोबास गरि नेपालको संविधान, अन्य परिचलित कानुन वा अधिकार प्राप्त अधिकारीको निर्णय वा आदेश बमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्यको पालना वा जिम्मेवारी निर्वाह गर्ने व्यक्तिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नु कर्तव्य हुनेछ“ भन्ने व्यवस्था अनुसार नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न गत ३ गते सूचना जारी समेत गरेको छ ।

नगरपालिकाको नगरप्रमुख अजय थापाले आफ्नो छोरीलाई सामुदायिक विधालयमा भर्ना गरेका छन । निजी विद्यालयमा अध्ययन गर्दै आइरहेकी छोरीलाई नगर प्रमुख थापाले बुधबार बिहान समयथान माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् । नगरपालिकाले नगरबाट सेवा सुविधा लिएका व्यक्तिको छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति निर्माण गरेकाले सोहि निति अन्तर्गत छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको मेयर थापाले बताउँछन् ।
मेयर थापाले छोरीलाई शिवराज नगरपालिका वडा नम्बर–४ खरेन्द्रपुरमा रहेको समयथान माविको कक्षा ८ मा नेपाली माध्यमतर्फ भर्ना गरेको बताएका हुन् । पालिकाका अन्य जनप्रतिनिधि, शिक्षक र कर्मचारी लगायतले समेत सरकारी विद्यालयमा भर्ना गरिरहेको उनले बताए ।

सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा बृद्धि हुनेमा आफू विश्वास रहेको समेत मेयर थापाको भनाइ छ । विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद गैरेले मेयर थापाले आफ्नो छोरीलाई भर्ना गरेर सकारात्मक सन्देश दिएको जिकिर गरे । माध्यमिक तहसम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरेको नगरपालिकाले केही दिन अगाडी नगरबाट सेवा सुविधा लिएका व्यक्तिका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?