© २०२३
दाङ, २ बैशाख ।
नागरिकको सेवालाई बिस्तार गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका र एनएमबि वित्तीय संस्थाबीच सम्झौता भएको छ । कृषि र उद्यमशीलताको क्षेत्रमा काम गर्नका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र संस्थाका कार्यकारी निर्देशक आनन्द पाण्डेले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले किसानहरुलाई बिना धितो सहुलितमा ऋण, कृषकहरुको उत्पादकत्व बढाउने गरेर संस्थासंग सम्झौता गरिएको बताए । उनले सम्झौतापछि बढ्दो बेरोजगारी समस्याको अन्त्य र कृषिजन्य वस्तुको बढ्दो आयातलाई घटाउनका लागि थप सहयोग पुग्ने बताए । संस्थाका कार्यकारी निर्देशक आनन्द पाण्डेले सम्झौतामा कृषिजन्य वस्तुको बजारीकरण, वित्तीय साक्षरता, सीप दक्षता, ऋण व्यवस्थापन, कर्जा सुरक्षा र कृषकहरुलाई प्राविधिक ज्ञानको व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताए ।
तुलसीपुर उपमहानगरका कृषि शाखाका प्रमुख धनराज गौतमले बैङ्कबाट कृषि क्षेत्रमा लिएको ऋण सहीरुपमा सदुपयोग भएको अवस्थामा मात्रै किसानले उत्पादन गर्ने वस्तुमा बढ्ने र किसानको ऋण जोखिममा नपर्ने बताए । सम्झौता पत्रमा आय आर्जनका लागि व्यवसाय सञ्चालनका लागि संस्थाको नियमअनुसार कर्जा उपलब्ध गराउने, बजारको मागअनुसार उत्पादकत्व विषयमा पालिका, कृषि ज्ञान केन्द्र र संस्थाबीच समन्वय गरेर वित्तीय परामर्श दिने उल्लेख गरिएको छ । कर्जा पाउने भएपछि किसान खुसी भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी