ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

पर्यापर्यटनमा प्रोत्साहित गर्दै सुस्ता

१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

नवलपरासी- जिल्लाको सुस्ता गाउपालिको पहिलो पटक गाउपालिका भित्रका सामुदायिक बनहरुलाई बन संरक्षण मार्फत आयआर्जन वृद्धि गर्ने उदेश्यले क्षमता अभिवृद्धि गराएको छ । दुई दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि गाउपालिका भित्रका सामुदायिक बनहरुले बन पैदावार आपुर्ति बाहेक बन देखाएर,घुमाएर आय आर्जन गर्ने कार्य प्रति प्रोत्साहित गरेको हो ।
परम्परागत रुपमा सामुदायिक बनका उपभोतmाहरुले घाँस,दाउरा र काठ आपुर्तिमा मात्र चित्त बुझाउदै आएको भए पनि अब ति बनमा पर्यापर्यटन,समाजिक र सांस्कृतिक गतिविधि वृद्धि गरि थप आर्यआर्जन गर्नका लागि क्षमता अभिवृद्धि गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । सामुदायिक बन समुहका उपभोतmाहरु बन बचाउने र बन पैदावार आपुर्तिमा चित्र बुझाउदै आएका छन्,उनले भनिन्,तर अब सामुदायिक बन भित्र कसरी पर्यापर्यटनका लागि काम गर्न सकिन्छ । त्यसका लागि गाउपालिकाले के कस्तो सहयोग गर्न आवश्यक रहेको छ ? भन्दै क्षमता अभिवृद्धिका लागि दुई दिन तालिम,अन्तरक्रिया,कार्यशाला र बन सबडिभिजनका अधिकारी तथा गाउपालिकाका पदाधिकारी विच कार्यक्रम गरिएको थियो ।
क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक बनका पदाधिकारीहरुलाई हौसला बढाएको सुस्ता गाउपालिका वार्ड नं.२ का वार्ड अध्यक्ष कृष्ण मुखियाले बताए । गाउपालिकाले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गर्यो,उनले भने,यसले बन समुहका पदाधिकारी उत्साही भएका छन् । काम गर्ने इच्छामा वृद्धि भएको छ । उनका अनुसार पदाधिकारीले बन हेरालु तथा गाउ टोलसम्म सामुदायिक बनका उपभोतmाहरुमा पनि जागरण ल्याउनका लागि यस्तो क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नका लागि समेत माग गरेका थिए । उनीको मागलाई अगामी गाउसभा मार्फत सम्बोधन हुने गाउपालिकाकी उपाध्यक्ष चौधरीले समेत आश्वस्त पारे पछि अगामी दिनमा वातावरणिय विकास र प्रवद्र्धनमा बन उपभोतmाहरु लाग्ने छन् ।

कार्यक्रम थोरै अवाधिको भए पनि बन उपभोतmाहरुलाई उत्साही बनाएको हुदा अगामी दिनमा गाउपालिकाले बन उपभोतmा समुहहरुलाई पनि गाउपालिका विकासका सहयात्री बनाएर लैजाने सोच गाउपालिकाले समेत बनाएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । विगत बर्ष देखी गाउपालिका भित्र सामुदायिक बनहरु पनि अ आफ्नो स्तरबाट काम गर्दै आएको भए पनि गाउपालिकाले समेटेको थिएन्,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,गत आर्थिक बर्षको कार्यक्रम बनाउन सामुदायिक बनहरुलाई पनि गाउपालिकाको विकासको मुल प्रवाहमा ल्याउने सोच बनाईयो,त्यसका लागि पहिलो चरणमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रम राखिएको थियो । अहिले सोही कार्यक्रमले सामुदायिक बन समुह गाउपालिकासँग जोडिन पुगेका छन् । उनीहरुको भनाई र माग पनि जायज नै रहेको छ ।
अगामी दिनमा दैविप्रकोप शाखा हेर्दै आएका कर्मचारीकै जिम्मेवारी हुने गरि दैविप्रकोप,बन तथा वातावरण शाखाको रुपमा स्थापित गरि बन वातावरण कार्यक्रम पनि सञ्चालन गरिने उनको भनाई थियो । सामुदायिक बन दर्ता ब्यवस्थापनका कार्य प्रदेश र संघ सरकारको भए पनि स्थानिय सरकारले पनि त्यसमा हातेमालो गर्दै बन प्रवद्र्धन गर्दै स्थानियबासीलाई आयआर्जनका लागि बन भित्र पर्यापर्यटन क्षेत्रमा काम गर्नका लागि प्रोत्साहित गर्ने कार्य अव गाउपालिकाले गर्छ, उनले थपे , यसका लागि अब सम्बन्धित शाखाले अगामी आर्थिक बर्षको बजेट कार्यक्रम बनाउदा बजेट कार्यक्रम प्रस्तुत गर्नेछ । गाउपालिका भित्र पाँच वटा सामुदायिक बन दर्ता र कार्ययोजना हस्तानान्तर भएका छन्,भने केही प्रस्तावित सामुदायिक बनहरु पनि रहेका छन् । उनीहरुको पनि क्षमता अभिवृद्धिका लागि काम गरेर दर्ता गराएर विधिसम्मत दर्ता गर्नका लागि प्रोत्साहित हुने उनको भनाई थियो ।

गाउपालिकाले सामुदायिक बन क्षेत्र भित्र नै पर्ने बौद्धतिर्थ स्थल सतपती रहेको घोषणा गरिसकेको छ । सतपती बनलाई मृगहरु संरक्षित क्षेत्र बनाई,अध्यात्मिक,पर्याटकिय क्षेत्रको रुपमा बनाउने लक्ष्य समेत लिएको छ । त्यसै गरि मदारबाबा पर्यटकिय क्षेत्रमा आउने लाखौ पर्यटकलाई पर्यापर्यटन तर्फ पनि आकर्षित हुने खालका कार्यक्रम बनाउन सामुदायिक बनलाई अभिप्रेरित गर्ने कार्य गर्दै आएको छ । त्यसै गरि चुरेको फेदमा रहेको सानो डाडालाईमा हिल रिसोर्ट सञ्चालनका लागि पनि सम्बन्धित सामुदायिक बन समुहलाई प्रोत्साहन गर्ने कार्य भई रहेको छ । नेपालको हरिद्धार भनेर चिनिने त्रिवेणी गजेन्द्र मोक्षधाम,गण्डक ब्यारेज तथा सिद्धार्थ गौतमले गृह त्याग गरि महाभिनिष्क्रमण लिई सन्यास धारण गरि बोधि यात्रा प्रस्थान गरेको नेपालको बोधगया भनेर चिनाउदै आएको अनोमा(ठाढी) घाटमा आउने पर्यटकका लागि बसोबास मिलाउनका लागि तिनै सामुदायिक बन समुहका उपभोतmाहरुलाई होमस्टे(घरबास) ब्यवस्थापनका लागि पनि गाउपालिकाले योजनाबद्ध तरिकाले काम अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?