© २०२३
बुटवल, चैत – आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कनमा रुपन्देहीको तिलोत्तमा लुम्बिनी प्रदेश प्रथम भएको । यस्तै देशभरका नगररपालिका नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिककार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथों स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।
भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागि रहने नगर प्रमुख खाँणले जानकारी दिए ।