© २०२३
काठमाडौँ ।
उद्योग वाणिज्य महासङ्घको चुनाव दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो ।
महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः भिडन्त हुने भएको हो । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।
तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघई पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।२०२२ सालमा स्थापना भएको महासङ्घको अहिलेसम्मको इतिहासमा दोस्रो चरणमा कहिल्यै मतदान भएको छैन । महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् । यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।
दोस्रो चरणको मतदान २ घण्टापछि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी