ट्रेंडिंग:

>> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो
खबर

सल्यानमा मनाइयो वनस्पती दिवस

३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

सल्यान , चैत –  सल्यानमा वनस्पति दिवस मनाइएको छ । वनस्पती विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पती दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले बुधबार एक कार्यक्रम गरेर मनाएको हो । केन्द्रले दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो ।

कपुरकोट ३ मुलपानी स्थित वनस्पती उद्यानमा वनस्पती अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्रलाल पाठकका अनुसार कार्यक्रममा वक्ताहरुले जडीबटुीबाट मुलुकको समृद्धिमा योगदान बढाउने किसिमका जनलक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले जैविक विविधताका विभिन्न पक्षहरु तथा जलवायु परिवर्तनको महत्व बारे चर्चा गरेका थिए । उनले वनस्पति अनुसन्धान केन्द्रसंग हरेक किसिमको सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए ।

जलवायु परिवर्तन एक चुनौती, समाधनाका लागि वनस्पति भन्ने नाराको साथ मनाइएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा पाठकले वनस्पति सम्पदाको खोज तथा अध्ययन अनुसन्धान र आगामी कार्यदिशाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अनुसन्धान केन्द्रले हाल जडिबुडि विकास र वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यानमा उन्यु प्रजातीहरु र फुल फुल्ने गरी ५५० बढी प्रजातीका वनस्पतिहरु संरक्षित छन् । जस अन्तर्गत झण्डै २४५ औषधिय गुण भएका, २०० शोभनिय वनस्पतिहरु, ५५ प्रकारका विदेशी शोभनीय वनस्पतिहरु तथा ४०÷४० प्रजातीका उन्यु र सुनगाभाको उद्यानमा संरक्षण गरिएको उनले जानकारी गराए । उद्यानमा जंगली अवस्थामा कम हुदै गएका ६० बढी दुर्लभ र लोपुन्मुख प्रजातीको संरक्षण र अध्ययन अनुसन्धान गरिएको जानाकारी समेत दिईएको थियो ।

दिवसको अवसरमा जैविक विविधता सचेतना तथा जडिबुटी खेतीबारे संचार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार शंकर केसीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु मनमति के सी, भेषा मल्ल र मिनजंग बुढाथोकीलाई नगद र प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसैगरि लामो समय वनस्पति उद्यान उन्नयनमा सेवा गरेका पूर्व कर्मचारी तिलक बहादुर खत्री र शेर बहादुर मल्ललाई र पर्यापर्यटन एवं उद्यान सौन्दर्यकरणमा अहम भूमिका खेलेकोमा स्थानियबासी राज कुमार आचार्यलाई ढाका टोपी सहित दोसल्ला खादा ओढाएर सम्मान गरिएको थियो ।

वनस्पति सहायक गोपाल शर्माका अनुसार कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रकासकिय अधिकृत भरत कुमार वली, वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप खड्का, सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश अध्यक्ष घनश्याम शर्मा, कपुरकोट बहुमुखी क्यामपस प्रमुख रुपलाल ऐरी, कालिका मा.वि. कपुरकोटका प्र.अ. चुडामणि केसी, साना किसान कृषि सहकारी संस्थाका संस्था प्रवन्धक जीत प्रसाद आचार्य लगाएतले मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायीक वन समूह, बिभिन्न बैंकका प्रतिनिधी, स्थानीय संघ संस्थाका प्रतिनिधि, एवं स्थानीय वुद्दिजिवीहरुको सहभागिता थियो । सो अवसरमा कलवल, देवदार र धूपीका विरुवा वृक्षरोपण समेत गरिएको थियो । सहभागिहरुलाई कार्यालयबाट प्रकाशित जडिबुटिको खेती सम्बन्धि पुस्तकहरु र इच्छुकहरुलाई जडिबुटीका विरुवा निशुल्क वितरण गरिएको थियो । अन्य वक्ताहरुले जडिबुटिको महत्व बुझाउदै ब्यवसायिक जडिबुटी खेति विस्तार गर्नुपर्नेमा जोड दिएका थिए भने डा. पाठकले मूलपानी वनस्पति उद्यानलाई सल्यानमा र समग्र कर्णालीमा पर्यापर्यटन र शैक्षिक हब बनाउने लक्ष्य धेरै अगाडी बढिसकेकोले अबको लक्ष्य सल्यान लगायत तल्लो कर्णालीका विभिन्न जिल्लामा ब्यावसायिक जडिबुटी खेति विस्तार गरि कर्णालीलाई आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए । सल्यानका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले चैत्र २३ गते रुद्राक्षको विरुवा रोपेर सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%