ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य समाचार

विनाकुमारी बनिन् उत्कृष्ट उद्यमी

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

बुटवल  चैत । तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । सोमबार मणिग्राममा एक विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट १० जना उद्यमीहरूबाट सर्वोत्कृष्ट उद्यमी घोषणा गरी १ लाख नगद पुरस्कार समेत प्रदान गरिएको हो दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ भूपू शैनिक टोलमा रहेका विशाल पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी हुन ।

१० जना उत्कृष्ट उद्यमीबाट उनले सोमबार दिएको प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत निर्णयकले नम्बर प्रदान गरी उत्कृष्ट उद्यमीको रूपमा पुरस्कार प्रदान गरिएको दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ उद्यमीलाई नगर पालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरी,  दायित्वका कार्यकारी निर्देशक सुसित ढकाल , नेपाली उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल लगायतकाले पुरस्कार प्रदान गरेका हुन ।
गाउँमा कुखुरापालन, गर्दै आएकी उनले वि.सं. २०७८ सालदेखि ब्रोईलर कुखुरा, च्याउ खेती, बंगुरपालनलाई व्यवसायीकरण गरेकी गर्दै आएकी छिन् । एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यत्तीकै खाली छोड्नु भन्दा त्यसलाई सफा गरेर उनले च्याउ खेती गर्दै आएकी थिईन । एक सिजनमा सिजनमा कुल ४ लाख ६५ हजार रूपैयाँ लागतमा च्याउ खेती गरेकी पुनले त्यो सिजनबाट १२ लाख रूपैयाँ जती आम्दानी गर्न सफल भएको बताउँछन् ।

कार्यक्रममा निर्णायकको रूपमा कृषि विकास बैंक भैरहवा शाखा बरिष्ठ शाखा प्रबन्धक सिमा बन, एम्स कलेज बुटवलका प्रमुख दिपक ढकाल लगायतको निर्णायक मण्डल रहेको थियो । नयाँ उद्यमी घोषणाका लागि विगत ९ महिनादेखि दायित्वले विभिन्न कार्यक्रम, तालिम, गोष्ठी, उत्प्ररेणाका काम गर्दै आएको थियो । उत्कृष्ट १० मा छनौटमा परेका उद्यमीहरू यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले, चन्दा घिमिरे, भगवती बश्याल, बलराम काफ्लेले, राधेश्याम लोधले आ आफुले गर्दै आएको उद्यमको विषयमा प्रस्तुतीकरण गरेका थिए । उद्यमीहरू मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरूले १० ÷१० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?