© २०२३
बुटवल चैत– नेपाल चार्टड एकाउन्टेन्स् संस्था बुटवल शाखाको आयोजनामा ‘सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलपामा पुँजीको लगानी सम्बन्धी निर्देशन’ सम्बन्धी तालिम प्रदान गरिएको छ । रूपन्देहीमा रहेका प्रदेश स्तरिय बैंक तथा वित्तीय संस्थाका प्रमुख, प्रतिनिधिहरू, उद्योग बाणिज्य संघ, व्यापार संघ, उद्योग संघसहित सहकारी तथा आईक्यान र सिए संघमा आवद्ध व्यक्तिहरूको सहभागितामा तालिम प्रदान गरिएको हो ।
बुटवलमा आयोजना गरिएको तालिम समापन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक जिवनप्रकाश पाण्डेले बैंक तथा वित्तीय संस्थाले सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा हुने अवैध कालो धन रोक्नको लागि नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशिका पूर्णरूपमा कार्यान्व्यन गर्नुपर्ने बताएका थिए । उनले बंैंक तथा वित्तीय संस्थाले एएमएल सिएफटीको पूर्णरूपमा पालन गर्दै ग्राहक पहिचान फारमको पुर्ण कार्यान्वयन गर्दा यसबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि ठूलो सहयोग पुग्ने बताएका थिए ।
कार्यशालामा नेपाल राष्ट्र बैंकका सिद्धार्थनगर कार्यालय उप निर्देशक गुलाव धवलले चालु पुँजी र कर्जा वितरणको निर्देशिकाको विषयमा प्रस्तुती दिँदै नेपाल राष्ट्र बैंकले ल्याएको कर्जा वितरण मार्ग दर्शनको पूर्णरूपमा पालना गरेमा बैंकीङ्ग कर्जा जोखिम कम हुने बताएका थिए ।
कार्याशालामा पूर्व बैंक सिएमहेश घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै सम्पत्ती शुद्धिकरण ऐन, यसका मुख्य कार्यहरू, सम्पत्ती शुद्धिकरण तथा जोखिम लगायतका वित्तीय संस्थामा हुने आतंकवादी लगानीका विषयमा यसको प्रक्रिया, जोखिमका कारणहरूको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल समन्वय कमिटी संयोजक सिए शिवहरी शर्मा, सिए संघ लुम्बीनी प्रदेश अध्यक्ष प्रेम भुर्तेल, नेपाल अडीर्टस संघ लुम्बिनी अध्यक्ष ओम बहादुर मल्ल, सिए संघ रूपन्देही अध्यक्ष प्रदिप भट्टराई, नेपाल बैंकर्स एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष नविन विष्ट नेपाल चार्टड एकाउन्टेन्ट्स संघ बुटवल शाखा ईन्चार्ज किशोर पराजुली लगायतले आ–आफ्नो भनाई राखेका थिए ।