© २०२३
बुटवल चैत । अनौपचारिक शिक्षा सहितको शिक्षामा समुदायिक रूपमा स्थापना गरिएका सिकाई केन्द्रको भूमिका महत्पूर्ण रहेको एक कार्यक्रका सहभागीहरूले जोड दिएका छन् । तामनगर समुदायिक सिकाई केन्द्र (सिएलसी)को नवौ बार्षिक साधारण सभा को अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सिकाई केन्द्रको माध्यमबाट समुदायीक शिक्षामा ठूलो योगदान पुगेको बताइएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले सामुदायिक सिकाई केन्द्रले अनौपचारिक शिक्षा, तालिम लगायतका क्षेत्रमा नमुनायोग्य काम गरेको बताईन । उनले बुटवल सहित विभिन्न स्थानमा स्थापना भएका यी सामुदायिक सिकाई केन्द्रको कारण कतिपय व्याक्तिहरूले औपचारिक शिक्षा विना नै तालिम, सिप र धारणाको विकास गरी सोही अनुसार आर्यआर्जनको क्षेत्रमा समेत काम गरेको बताएकी थिईन ।
कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तामनगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गिरिराज कुँवर (विजय) ले वि.सं. २०६० सालमा सृजनामा महिला समुहको पहलमा स्थापना भएको सामुदायिक सिकाई केन्द्रले पछिल्लो समयमा विभिन्न कार्यक्रम समेत गर्दै आएको बताए । अध्यक्ष कुँवरले वि.सं. २०६३ देखि ६६ सालसम्म मधवलिया सामुदायिक सिकाई केन्द्रको शाखाको रूपमा स्थापना भएको उक्त स्थानको भवनका लागि तत्कालिन चारपाला पूर्वसैनिक क्लवबाट निर्माणाधीन जग सहितको भवन उपलब्ध गराइ सोही स्थानमा सिकाई केन्द्रको भवन निर्माण गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले उक्त स्थानलाई तालिम तथा प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने गरी विभिन्न काम समेतभैरहेको जानकारी दिए । अध्यक्ष कुँवरले आगामी दिनमा सदस्इहरूको माग र स्रोतका आधारमा तालिम सञ्चालन गर्ने समेत बताए ।
यस्तै तामनगर समुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक तथा संस्थाका सचिव सिता कण्डेलले प्रतिवेदन प्रस्तुत गर्दै युनिस्को नेपाल, आन्ड्रा नेपालको सहयोगमा विभिन्न सिपमुलक, आयमुलक, जनचेतानमुलक काम सञ्चालन गर्दै आएको ईतिहास रहेको बताएकी थिईन । उनले संस्थाले मास्क तथा शैक्षिक सामग्री वितरण, गुडिया बनाउने तालिम, कुसन बनाउन तालिमलगायतका तालिम समेत प्रदान गरिएको जानकारी समेत दिईन । साधारण सभामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष दुर्गा सुवेदी, सरस्वती माविका प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद न्यौपाने, सल्लाहकार उदयराज काफ्ले, सदस्य दुर्गादेवी सारूपुन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
साधारण सभामा विभिन्न टोल विकास संस्था, टोला संयोजक, क्लव, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।