ट्रेंडिंग:

>> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद
मुख्य समाचार

जोखिमयुक्त यौन व्यवहार छ ? सीमा नाकामा हुन्छ निःशुल्क एचआईभी परिक्षण

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

बुटवल,  चैत ।
रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय छ । रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ । जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ ।
नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने कुरा विरलै मात्रा थाहा छ । तर सिमा नाका नजिकै एड्स हेल्थकेयर फाउन्डेसन नेपाल (एएचएफ, नेपाल) ले मनोपरार्स सहितको तालिम प्राप्त व्याक्ति नै खटाएर यसरी एच आईभी परिक्षण गर्दै आएको छ ।

जसको लागि तालिम प्राप्त १ जना जनशक्ती सिमा नाका खटिएका हुन्छ । उनले जोखिमयुक्त यौन व्यवहार भए नभएको कुरा भारतबाट फर्कने नेपालीहरूलाई सोध्छन् । उनीहरूको ईच्छा अनुसार यदी जोखिमयुक्त यौन क्रियाकलाप भएको भएमा परिक्षण समेत गर्दछन् । जसको लागि निःशुल्क रूपमा पहिलो चरणको प्रारम्भीक परिक्षण गरिन्छ । अन्तम फाईनल एचआईभी हो या होईन भन्ने विषयमा भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवा मा रहेको प्रयोगशालाबाट मात्रै थाहा हुन्छ ।

ए.एच्.एफ नेपाल लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्राईका अनुसार सन् २००१८ देखि यसरी सीमा नाकामा एचआईभीको परिक्षण सुरुवात गरिएको हो । जसमा प्रति १०० जनामा परिक्षण गर्दा १ जनामा पोजिटिभ देखिने गरेको छ ।
यसरी सीमा नाकामा नै परिक्षण गरेर एचआईभी संक्रमित भएको थाहा भएका संक्रमितहरूको संख्या १२ जना भन्दा बढि छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यसरी सिमा नाकामा खटिने प्राविधिक जनशक्तिका लागि तालिम समेत प्रदान गर्दै आएको छ ।
रूपन्देही जिल्ला हाल १७ सय भन्दा बढि एचआईभी संक्रमितहरू रहेका छन् । जसमा १५ सय २५ जना एचआईभी संक्रमितहरूले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट नियमित रूपमा औषधी सेवन गरिरहेका छन् भने भैरहवामा रहेका भिम अस्पतालबाट २०० भन्दा बढिले नियमित रूपमा औषधी सेव गरिरहेको ए.एच्.एफ्. नेपालका लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्राई बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापाले एचआईभी भएका व्याक्तिहरूको लागि समाजमा पुर्नस्थापना गर्नको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउँछन् । उनले समाजमा अहिले पनि एचआईभी लागेको व्याक्तिलाई नराम्रो दृष्टिकोणबाट हेर्ने गरेको भन्दै उनले एचआईभी संक्रमित बाट अन्य व्याक्तिमा एचआईभी नसर्ने र समाजमा सहज रूपमा जिविको पार्जन सहित बाच्ने वातवरण निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । सीमा नाकामा परिक्षण बाट यसले समाजमा एचआईभी फैलिन दिनबाट नियन्त्रणका लागि समेत सहयोग गरेको बताए ।
स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले पछिल्लो समयमा संक्रमित व्याक्तिको कोर एरिया भित्र परिक्षण गरी सोही अनुसार अन्य व्याक्तिहरूलाई एचआईभी संक्रमित हुन बाट जोगाउनको लागि समुदाय केन्द्रीत, कोर एरिया केन्द्रीत परिक्षण समेत हुने गरेको बताउँछन् । संक्रमित व्याक्तिहरूका लागि बेला बेलामा तालिम आय आर्जनका लागि व्यवसायिक तालिम समेत आयोजना गर्दै आएको उनको भनाई छ ।

स्वाथ्य कार्यालय रूपन्देहीले निःशुल्क रूपमा परिवार नियोजनको अस्थायी साधन (कण्डम) लगायतका एचआईभी संक्रमितहरूको लागि आवश्यक पर्ने साधानहरू निःशुल्क रूपमा वितरण गर्दै आएको छ । एचआईभी भएका व्याक्तिहरूको लागि माक्स, ग्लव्स, कण्डम लगायतका उपकरण चाहिएमा जति मात्रमा पनि स्वाथ्य कार्यालय मा उपलब्ध भएको एचआईभी/टिबी कार्यक्रम फोकल पर्सन हिमाल खनालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?