© २०२३
बुटवल, चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा रहेको ज्ञानगंगा पाठशालामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको छ ।
वि.सं.२०७९ को शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले विद्यालयले बालबालिकाको मनोविज्ञानमा आधारित शिक्षण विधि प्रयोग गरेर अध्यापन गराउँदै आएको बताए ।
विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता रहेको भन्दै बालबालिकाको पहिलो पाठशाला नै घर भएको र दोस्रो पाठशाला विद्यालय भएको बताएका थिए । उनले विद्यार्थी काँचो माटो भएको भन्दै उनीहरुलाई जस्तो बनायो भविष्यमा उस्तै हुने बताएका थिए ।
उनले विद्यार्थीमा व्यवहारिक ज्ञान कति छ भन्ने विषयमा अभिभावकहरुको महत्वपूर्ण भूमिकाहुने भन्दै यसमा विशेष ख्याल गर्न आग्रह गरे । कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य युवराज न्यौपानेले बिद्यालय बालबालिकाहरुको लागि सिकाइ केन्द्रको रुपमा बिकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रशिक्षक मिलन राना, श्रीमणी न्यौपाने लगायतले बोल्दै पुरस्कृत विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए ।