ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा
स्थानीय सरकार

भएका भवन प्रयोगमा छैनन् सामुदायिकका नाममा करोडौं

नगरपालिका भित्र लुम्बिनी चिनी कारखाना वरिपरी दर्जनौ भवनको प्रयोग विहीन अवस्थामा छन् तर सुनवल नगरपालिकाले सामुदायिक भवनमा करोडौ खर्च गरिरहेको छ ।
२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

नवलपरासी (बुटवल टुडे) चैत ।- जिल्लाको सुनवल नगरपालिका भित्र करोडौ बजेट बराबरको सामुदायिक भवन बनाउने योजनामा खर्चिने गरे पनि नगरपालिका भित्र लुम्बिनी चिनी कारखाना वरिपरी दर्जनौ भवनको प्रयोग नहुदा अलपत्र रहेका छन् । ति भवनको उपयोग र प्रयोग गर्ने गरि नगरपालिकाले पनि योजना बनाउन नसक्दा एका तिर भवन अलपत्र हुने अर्को तिर विभिन्न सामुदायिक भवनमा करोडौ खर्च हुने गरेका हुन् ।
नेपाल सरकारलाई चिनिया सरकारले अनुदानमा २०४२ सालमै चिनी उद्योग स्थापना गर्ने क्रममा कारखानामा काम गर्ने मजदुरहरुको आवासका लागि डेढ दर्जन भवन बनाइ दिएको थियो । मजदुरका बालबालिकाका पढनका लागि लुम्बिनी आवासिय विद्यालय समेत स्थापना गरिदिएको थियो । आवासिय रुपमा मजदुर बस्ने,कारखानामा काम गर्ने र तिनीहरुका बालबालिकाहरु कारखाना नजिकै पढन पाउने गरि ब्यवस्थित कारखानाको स्थापना गरि सञ्चालन समेत गराएर नेपाल सरकारलाई जिम्मेवारी चाइना सरकारले सुम्पेको थियो । तर पछिल्लो दिनमा नेपालका नालायक नेतृत्वले उचित ब्यवस्थापन गर्न नसक्दा कारखाना निरन्तर घाटामा जादै गर्दा २०६२ सालमा तत्कालिन शाही सरकारले सो कारखानालाई निजीकरण गर्ने निर्णय गरेको थियो । निजीकरण पछि पनि लुम्बिनी आवासिय विद्यालय गुठीको रुपमा सञ्चालनमा छ,तर आवासिय भवनहरु अलपत्र अवस्थामा छ ।
कारखाना निजीकरण गर्दा त्यहा रहेका भवनहरुको समेत नियन्त्रण,सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी निजी कम्पनीको जिम्मा गयो । साढे ८ सय मजदुरले काम गर्ने उतm चिनी कारखाना पछि निजी कम्पनीले डेढ दुई सय मजदुर राखेर सञ्चालन गर्न थाले पछि ति आवास भवनहरु अलपत्र पर्दै गएको स्थानिय बासीले बताए । भवनको जिम्मेवारी निजी कम्पनीको जिम्मामा गए पनि ति भवन र जग्गा भने विक्रि भई पुर्ण स्वामित्वमा नगएको हुदा ति भवनको उचित प्रयोगका लागि सुनवल नगरपालिकाले समेत योजना बनाई सरकारसँग पहल गर्न सक्ने स्थानिय बुद्धिजिवि दिपक ढकालले बताए । एका तिर भौतिक पुर्वाधार प्रयोग विहिन भई जिर्ण हुदै जानु र आर्को तिर नगरपालिकाले विभिन्न सामुदायिक भवनको नाममा बजेट खर्चिनु दुर्भाग्यपुर्ण छ । यस्तो भवनलाई पनि सहि सदुपयोग गराउनु पर्ने उनको भनाई थियो ।


नयाँ नयाँ सामुदायिक भवनमा बजेट खर्चनु भन्दा ति भवन सामुदायिक संघसस्थाहरु वा नगरपालिकाकै विभिन्न शाखा,कार्यदल बनाई जिम्मा लगाउन सकिन्छ,उनले भने,सामुदायिक भवनमा खर्चिने बजेट विद्यालय,स्वास्थय चौकी,कृषि आदी क्षेत्रमा खर्च गर्न सकिन्छ,तर त्यस तर्फ ध्यान नगएको उनले बताए । नगरपालिकाले त्यस्ता भवनको पनि उचित सदुपयोग गर्नु पर्ने उनले सुझाव दिएका थिए । अलपत्र भवनहरुबारे सुनवल नगरपालिकाले सदुपयोगका लागि रणनीति बनाएको सुनवल नगरपालिकाकी नगरप्रमुख (मेयर) विमला अर्यालले बताईन् । भवन पुरानो हो,तर पनि मर्मत सम्भार गरि त्यसलाई उपयोग गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित कम्पनीसँग कुराकानी चलिरहेको उनको भनाई थियो । ति भवनहरु भएकै क्षेत्रमा नगरपालिकाको आफ्नै निजी प्रशासनिक भवन निर्माणाधिन छ । ति भवनको कार्यसम्पन्न भए पछि नगरपालिका सोही क्षेत्रमा सर्नेछ,उनले भनिन, ति भवनहरुलाई कर्मचारी आवासको रुपमा पनि प्रयोग गर्न सक्ने गरि नगरपालिकाले सोच बनाएको छ । छ्ट्टिै यसको टुगाँे लगाउने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%