ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य खबर

पाल्पामा ‘लम्पी स्किन’ रोगको संक्रमण

२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

पाल्पा, चैत- पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
पहिलो पटक जिल्लाको माथागढीमा किसानले पालेका गाईगोरुमा लक्षण देखापरेपछि परीक्षण गर्दा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताए । ‘चैतको पहिलो हप्ता माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेका केही गाई गोरुमा यसका लक्षण देखा पर्यो र चैत १० गते परीक्षण गर्दा यो रोग भएको प्रमाणित भयो,’ उनले भने । यहाँका गाईगोरु धमाधम विरामी हुन थालेपछि पशु सेवा विज्ञ केन्द्रले पोखरा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गाईगोरुको रगत र घाउको स्याम्पल पठाएको थियो । तर त्यहाँबाट पनि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाएकोमा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको पशुचिकत्सक डा.बस्यालले बताए ।
संक्रमबाट पछिल्लो समय धामाधम गाईगोरु मर्न थालेका छन् । अहिलेसम्म यहाँका ७० भन्दा बढी गाईगोरु मरिसकेका छन् । अधिकांस उपचार नपाएका र अशक्त, बुढा गाईगोरु मरेका हुुन् । यो रोगबाट ८ सय गाईगोरु संक्रमित भएका छन् । संक्रमित सबै गाईगोरुको उपचार भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताए । उनका अनुसार निस्दी गाउँपालिकामा ९, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकामा १५ र रिब्दीकोट गाउँपालिकाका ४ गाईगोरु मरेका हुन् । ‘किसानले संक्रमण भएको थाहा नपाएको र केही शारीरिक अशक्त, बूूढा भएका गाईगोरु मरेका छन्, उपचार पाएका गाईगोरुमा भने त्यस्तो समस्या छैन’ डा.बस्यालले भने ।
अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिका बाहेक अन्य ७ पालिकामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । चैत १० गते गोठादीका गाईगोरुमा गरिएको परीक्षणबाट यो रोग पुष्टि भएको थियो । अहिलेसम्म निस्दी गाउँपालिकाका ६६, बगनासकाली २ सय १५, माथागढी गाउँपालिकामा २ सय १०, रिब्दीकोट गाउँपालिकामा ३२, रैनादेवी छहरा गाउँपालिकामा ४२, तानसेन नगरपालिकामा ३० र तिनाउ गाउँपालिकामा २ सय ५ गाईगोरुमा संक्रमण देखिएको पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । संक्रमण देखिएका सबै गाईगोरुको उपचार गरिएको केन्द्रका डा. बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?