© २०२३
सल्यान, २७ चैत ।
नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए ।
मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो । देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराई पछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका थिए ।