© २०२३
बाँके, चैत । नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति माग्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले जानकारी दिए ।
नेपाल सरकारले लामो समयदेखि तराईका ठूला विमानस्थलहरुलाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी भारतीय शहरमा उडानको योजना बनाइरहेको छ ।
तर, भारत भने यसमा सकारात्मक देखिएको छैन । त्यसो त भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई समेत सहज हुने गरी एयररुटहरु समेत दिएको छैन ।
जसले गर्दा ठूलो सम्भावना भए पनि यी विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराबाट बुद्ध एयरले बनारसमा उडान गर्न चाहेको छ ।