© २०२३
सल्यान, २६ चैत्र ।
सल्यानको कुमाख र सिद्धकुमाख गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुटका कार्यक्रमहरु सम्पन्न भएका छन् । पालिकादेखि वडा र टोल तह सम्मका विभिन्न क्रियाकलपहरु सम्पन्न भएको अभियानमा खटिएका एमालेका केन्द्रीय प्रतिनिधि ठम्मर विष्टले जानकारी दिए ।
उनका अनुसार संगठन सुदृढीकरण र बिस्तार अभियान अन्तर्गत निर्दिष्ट कार्यक्रमहरु सदस्यता नविकरण, नयां सदस्यता वितरण, बैठक, भेला, प्रशिक्षण, जनभेटघाट, अन्य पार्टीवाट पार्टी समायोजन एबं घरदैलो अभियानका कार्यहरु घनिभुत रुपमा सम्पन्न भएका हुन् । देश निर्माणमा अन्य पार्टीवाट जनताले आशा मारिसकेकाले बलियो पार्टी निर्माण मार्फत राष्ट्र निर्माणको संकल्प पूरा गर्ने अभिभारा एमालेको कांधमा आएको भन्दै केन्द्रीय प्रतिनिधि विष्टले ग्रासरुटले संगालेका उपलब्धीलाई युद्ध स्तरमा निरन्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कुमाख र सिद्धकुमाख गाउँपालिकामा अभियानको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको बताइएको छ । यही चैत २० देखि २५ गते सम्म समीक्षाका कार्यक्रम सम्पन्न गरिएको भन्दै विष्टले मिसन ग्रासरुटले जनस्तरमा एमालेप्रतिको विश्वासलाई बढाएको बताए । अभियानको क्रममा अन्य पार्टीवाट नेतृत्व तहमा कृयाशिल व्यक्तिहरु समेत नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।