© २०२३
पाल्पा(बुटवल टुडे) २५ चैत– पाल्पा उद्योग वाणिज्य संघले ६८ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनमा साधरण सभा मनाएको हो ।
पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले निजी क्षेत्रको विकास भए मात्र देशको समृद्धि हुने भएकाले तीनै तहका सरकारले नीजि क्षेत्रको विकासमा विशेष ध्यान दिनुुपर्ने बताए । उनले पाल्पाका थुप्रै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेकाले तिनीहरुको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नुुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष राजु महर्जनले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताए । उनले मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न नसकेको धारणा व्यक्त गरे । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारले उद्योगीलाई अनावश्यक कर र मानसिक त्रास सिर्जना गरेकाले उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए ।
संविधान सभा सदस्य नारायणी शर्माले जिल्लाको आर्थिक विकासमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताईन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष अर्जुमान सैजु,बुुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठ, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पाका सचिवालय सदस्य नरमती सिंजाली, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, करदाता सेवा कार्यालय पाल्पाकी कर अधिकृत गीता पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुुक्तिप्रसाद न्यौपाने लगायतले संघको सफलताको शुुभकामना व्यक्त गरे ।
संघका अध्यक्ष शैलेन्द्र भट्टराई, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ ,महासचिव समिरमसिंह लगायतले बोलेका थिए ।