© २०२३
चन्द्रौटा(बुटवल टुडे) , चैत– ग्रामिण भेगलाई एबिसी ट्रेनिङ इन्स्टिच्युटले प्रविधिसँग जोड्दै गएको छ । मधेशी समुदायको घना बस्ती रहेको कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगञ्जलाई क्षेत्र लक्षित गरी वि.स.२०७५ सालमा स्थापना भयोे एबिसी ट्रेनिङ इन्स्टिच्युट ।
विगत ४ बर्षदेखि स्थानीय विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको इन्स्टिच्युटका सञ्चालक अमित कुमार चौधरी बताउँछन् । उनका अनुसार स्थानीय विद्यालयका उत्कृष्ट विद्यार्थीलाई निःशुल्क ट्रेनिङ दिइरहेको छ । राम गोरखा मा.वि.का कक्षा ८ देखि १२ सम्मको दर्जानौँ विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गराएको चौधरीले जनाए ।
उनले भने ः“पैसा कमाउनु मात्रै ठूलो कुरा होइन,सेवा गरेर पनि आत्मसन्तुष्टि गर्नु सकारात्मक पाटो हो ।“ उनले थपे ः अहिलेको वर्तमान युग प्राविधिक युग हो ।“पिछडिएका क्षेत्र नियाल्नु हाम्रो दायित्वभित्र पनि पर्दछ । मधेशी समुदायले विगतमा शिक्षाप्रति निकै नकारात्मक सोँच थियो । तर हाल सकारात्मक भएसँगै प्रविधिमापनि उत्तिकै चासो बढेको छ ।
शिक्षाले हरेक समुदायस्तरमा चेतनाको वृद्धि विकासमा टेवा पु¥याउनुका साथ साथै प्रविधिसँग जोडिएर दैनिकी चलाउन सहजता प्रदान गरेको छ। विपन्न परिवारका कम्प्युटर सिक्न इच्छुक विद्यार्थीलाई आधारभुतदेखि डिप्लोमासम्मका कक्षा हरु निःशुल्क सञ्चालन गरिरहेको चौधरीले बताए ।
पछिल्लो समय प्राविधिक युगमत्रै नभएर प्रतिस्पर्धाको युग समेत रहेको बताउँदै आफूले प्रदान गरेको शिक्षा क्वालिटी भन्दा क्वनटिटी रहेको उनको भनाई छ । अहिले युवा पुस्ता वैदेशिक रोजगारीमा भौतारिरहेको बखत सेवासँग शिक्षाको ज्ञान बाँड्दा आफू आनन्दित भएको उनले जनाए ।सरकारी तथा गैरसरकारी विद्यालय लगायतका जेहेन्दार विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गरेको जिकिर गरे । डेढ दशक बढी आफूले आर्जन गरेको कम्प्युटर शिक्षाको अनुभवलाई आम नागरिक तथा विद्यार्थीलाईसमेत विशेष छुटका साथ तालिम दिइएको सञ्चालक चौधरीले बताए ।