© २०२३
काठमाडौं चैत ।- सामाजिक सुरक्षा कोषले योगदानकर्ताको अस्पतालको उपचारमा ८० प्रतिशत छुट पाउने भएका छन् । त्यसका लागि कोषले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अर्थात् ८० प्रतिशत रकम योगदानकर्ताले छुट पाउनेछन् । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ । त्यसमध्ये लुम्बिनीबाट ४ वटा अस्पताल परेका छन् । लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर, बाँके, लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज, बाँके, युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा र गौतमबुद्ध मुटु अस्पताल– बुटवल रहेका छन् ।
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।
फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुने कोषले जनाएको छ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने कोषले जनाएको छ ।