ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा
स्थानीय सरकार

वडा कार्यालय बन्यो संचालन कहिले ?

२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

भैरहवा, २४ चैत ।
“सरकारी काम कहिले जाला घाम“ सरकारी काममा कतिसम्म ढिला हुन्छ भन्ने यो नेपाली प्रचलित भनाइले समेत प्रमाणित गर्छ । सिद्धार्थनगर नगरपालिका वडा नं ६ को कार्यालय १ बर्ष हुंदा समेत सन्चालनमा आउन सकेको छैन । २०७८ साल चैत १५ गते उद्घाटन भएको वडा भवन (कार्यालय) हालसम्म पनि सञ्चालनमा नआउंदा वडा बासीहरु समस्यामा परेका छन् ।
स्थानीय तथा अधिबक्ता दिलिप कुमार मल्लिकले वडाको भवनको सदुपयोग नहुंदा जनतालाई समस्या भएको बताए । वडा भवन सेवाका लागी हो । आफ्नै वडाबाट सेवा देखाउनु पर्ने हो मल्लिकले भने, वडा नं ६ का जनताले ५ बाट सेवा लिनुपरेको छ ।
भैसकेको भवनबाट सेवा नहुंदा जनता आस्चर्यमा परेको उनले बताए । आफ्नै वडामा कार्यालय हुंदा जनताहरु वडा नं ५ मा रहेको नगरपालिकाबाट सेवा लिन बाध्य छन् । वडा नं ६ का स्थायी बासी झब्बालाल कहाँरले भवन पुरा भएको १ बर्ष पुरा हुंदा समेत अन्यत्रबाट काम हुंदा जनतालाई समस्या भएको गुनासो गरे ।
उद्घाटन भएको १ बर्ष पुरा भएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रबार नगर उपप्रमुख उमा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले स्थानीय तह निर्वाचन अघि नै सिद्धार्थनगर–६ स्थित पिपरिहयामा निर्माण भइ उद्घाटन भइसकेको कार्यालयबाट वडाबासी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्न माग गरेको छ ।
पार्टीको ‘मिसन गासरुट अभियान’ अन्तर्गत वडामा भइरहेका विभिन्न भेला तथा बैठकमा समेत वडा कार्यालयसम्बन्धमा निरन्तर प्रश्न उठिरहेको एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले बताए । उनले भने, ‘संघीयताको मूल मर्मअनुसार नागरिकको नजिकबाट सेवा पाउनुपर्छ । तर, वडा नम्बर ६ का वडाबासी तथा सेवाग्राहीलाई सेवा लिन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा जानुपरेको छ । ’उद्घाटन भइसकेको वडा समितिको नयाँ भवन (कार्यालय) सञ्चालनमा आउनुपर्ने एमाले सिद्धार्थनगर–६ का सचिव मदन प्रसाद पौडेलले बताए । उनले जनताको मागलाई वेवास्ता गरी वडा कार्यालय वडा नम्बर ६ बाटै सञ्चालनमा ल्याउन ढिलाइ गरिए आन्दोलनका कार्यक्रम जान बाध्य हुने पौडेलले बताए । ज्ञापनपत्र बुझ्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सेवाग्राहीलाई नयाँ भवनबाट छिटो भन्दा छिटो सेवा प्रदान गर्न प्रयास भइरहेको बताइन् । उनले भनिन्, ‘वडा कार्यालय उद्घाटन हुँदा विवाद थिएन्, तर, पछि पर्खाल निर्माण गर्ने क्रममा केही विवाद भयो । विवाद समाधानका लागि छलफल जारी छ । काम नभएको होइन, प्रयास भइरहेको छ । ’ जनताको आवाज उठाएको भन्दै एमाले सिद्धार्थनगर–६ वडा कमिटीलाई उनले धन्यवाद व्यक्त गरिन् । ध्यानाकर्षण पत्र बुझाउन एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ता, सिद्धार्थनगर कमिटी सदस्य मोहम्मद अकिल मुसलमान, वडा कमिटीका उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, सचिव मदन प्रसाद पौडेल, उपसचिवद्वय आनन्द प्रसाद न्यौपाने, अनिता थापा, सोहन हरिजन, सुक बहादुर आलेलगायत नेता कार्यकर्ता शुक्रबार सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%