© २०२३
कपिलवस्तु, चैत- कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि र सिकाईलाई प्रभावकारी बनाउने उद्धेश्यले १० बिद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा सनसाईन सामाजिक बिकास संस्थाद्धारा सञ्चालित परिर्वतनका लागि बालबालिका, युवा तथा समुदाय (सिवाईसिसि) परियोजना अन्र्तगत ति सामाग्री हस्तान्तरण गरिएको हो ।
मायादेवी ३ फुलिकाको जनता आधारभुत बिद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शिवलाल यादव र कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान, वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादव लगायतलाई बिद्यालय सामाग्री हस्तान्तरण गरेका हुन । संस्थाले यस बर्ष वडा नम्बर ३ का बाल कल्याण आधारभुत बिद्यालय, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय, देवेन्द्र स्मृति आधारभुत बिद्यालय, जनता आधारभुत बिद्यालय, वडा नम्बर ५ का सुभद्रा जनता आधारभुत बिद्यालय र बलुहवा आधारभुत बिद्यालय, वडा नम्बर ७ का चर्तुभुजी आधारभुत बिद्यालय, सरस्वती आधारभुत बिद्यालय र राष्ट्रिय आधारभुत बिद्यालय तथा वडा नम्बर ८ को सरस्वती बुद्धज्योती आधारभुत बिद्यालयमा सामाग्री हस्तान्तरण कार्य अगाडी बढाएको हो । ति बिद्यालयमा ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाका सामाग्री दिईने छ । अघिल्लो बर्ष गाउँपालिकाको १३ बिद्यालयलाई सामाग्री हस्तान्तरण गरेको संस्थाले यस बर्ष पालिकाका १० बिद्यालयलाई सामाग्री दिएको हो ।
सवाईसिसि परियोजना अन्र्तगत पछिल्ला दुई बर्षमा मायादेवी गाउँपालिकाका २३ बिद्यालयलाई १ करोड ६४ लाख ४५ हजार ५ सय ५४ रुपैयाको सामाग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले बताए । १० बिद्यालयलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा सेतो पाटी, शिक्षक सन्देश बोर्ड, बुक र्याक, सफ्ट बोर्ड, जुत्ता चप्पल र्याक, फाईल र्याक, कार्पेट, माईक, बाद्यय बाधन सामाग्री, कक्षा सामाग्री, पि फर्म, चकटी र बाल शिक्षण सामाग्री लगायत छन । संस्थाले बिद्यालयले दिएका सामाग्री प्रयोग गरि बिद्यालयको शिक्षाको गुणस्तर बढाउन भुमिका खेल्ने मायादेवी ३ फुलिका स्थित जनता आधारभुत बिद्यालयका प्रधानाध्यापक राधवराम पाण्डेयले बताए । संस्थाले दिएका सामाग्रीको अभिलेखिकरण सगै बिद्यालयमा सहि प्रयोग गरि शिक्षालाई गुणस्तरीय बनाउनु पर्नेमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव घिमिरेले जोड दिए । आफुले वडाका सामुदायिक बिद्यालयलाई गुणस्तरीय बनाउने अभियान चलाएको वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । बिद्यालयलाई सामाग्री र सुबिधा सम्पन्न बनाए सगै शैक्षिकस्तर सुधारका लागी राम्रो गर्ने कर्मचारी र शिक्षकलाई प्रोत्साहन र काम नगर्नेलाई भने दण्डित गर्ने निती अख्तियार गर्ने यादवले बताए । शिक्षाको लगानी खेर नजाने बिषयमा आफु स्पष्ट रहेको बताउदै वडाको शैक्षिक अवस्था सुधारमा सामाग्री प्रदान गर्ने कार्य सह्रायिन रहेको उनको भनाई थियो । पालिकाको शैक्षिक अवस्था सुधारका लागी पालिकाले बिभिन्न निकाय सँग सहकार्य गरि अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले बताए ।
बिद्यालयलाई सामाग्री सम्पन्न र दरबन्दी अनुरुपका शिक्षक पुर्याउन आफुहरु प्रतिबद्ध रहेकाले शिक्षाको गुणस्तरीयता कायम गर्ने कार्यमा शिक्षक र व्यवस्थापन पक्ष लाग्न मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले निर्देशन दिए । “बैशाक १६ गते सम्म पालिकामा रिक्त रहेका शिक्षक परिपुर्ति गर्न प्रतिबद्ध छौ । त्यस पछि शिक्षाको अवस्था अनुगमन गर्न समिती बनाएर कठोर रुपमा अगाडी बढ्छौ ।” उनले भने । संस्थाले दिएका बिद्यालय सामाग्रीको प्रयोग गरेर शिक्षामा गुणस्तरीयता बढ्ने उनको बिश्वास थियो । सरकारी बिद्यालयको तुलनामा ५ प्रतिशत लगानी गरेको संस्थागत बिद्यालय तर्फ बिद्यार्थी आकर्षित हुने कारणको खोजी गर्दै उपलब्ध सामाग्रीको प्रयोग गरेर बिद्यार्थी बिद्यालय आउने बतावरण बनाउन आवश्यक रहेको सनसाईन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादवले सुझाव दिए । कार्यक्रममा संस्थाका सचिव दिलिप कुमार यादव, शिक्षा अधिकृत सुग्रिम यादव लगायतले सामाग्री हस्तान्तरणले बिद्यालय शिक्षाको गुणस्तर बृद्धि हुने बताए ।