ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
मुख्य खबर

धर्मगुरुहरुको उद्घोषः ‘नेपाल हिन्दु राष्ट्र बनाएर छाड्छौं’

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

बुटवल, चैत ।- विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय महासम्मेलन बुटललमा शुरु भएको छ । बुटवलको हाटबजार लाईनबाट विभिन्न धार्मिक समुहरुको सहभागीतमा भव्य सद्भाव ¥याली सहित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रामनगरमा गएर सभामा परिणात भएको थियो । कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व उप–प्रधानमन्त्री राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले सकेसदनबाटै नसके सडकबाट भएपनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उद्घोष समेत गरे ।
विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै उनले जनताले विश्वास गरे दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दृढता ब्यक्त गरे ।
राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उनले राजनीतिकबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने विश्वास दिए ।
राप्रपाका अध्यक्ष समेत रहेका लिङदेनले विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्दैमा नहुने बताउँदै राप्रपालाई साथ दिएर अघि बढ्नको लागि आग्रह गरे । ‘धर्मनिरपेक्षता राज्य बनाउने प्रस्तावक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन्छ त ? हुदैन भने सबै पार्टी भन्दा माथि उठेर एकपटक नेपाललाइ हिन्दुराष्ट्र बनाउन सबै एकठाउँमा आउनुस् । ’ उनको भनाई छ । नेपाललाइ हिन्दु राष्ट्र बनाएपछि बरु हामी कांग्रेस एमाले माओवादी जे जे बन्ने हो बनौँला अहिलेलाइ सबै एक ठाँउमा आउँ र देशका लागि लडौँ । ’उनले भने ।
धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम नहुने भन्दै हिन्दुराष्ट्रको ओकालत गर्ने एक मात्र पार्टी राप्रपालाई साथ दिन उनले आग्रह गरे ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा देवघाट धामका संरक्षक एवं सन्त समाजका अध्यक्ष अनन्त श्रीबिभुषित ज्ञानानन्द सरस्वतीले हिन्दु राष्ट्र बनाउन सबै जुट्नुपर्ने उल्लेख गरे । उनले सनातन हिन्दुधर्मको रक्षा र राष्ट्रको रक्षा नै धर्म भएको उल्लेख गरे ।
विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराज्य कायम गर्नु नै महासंघको मुख्य उद्देश्य रहेको बताए । राष्ट्रको रक्षाको लागि नेपाललाई हिन्दुराज्य कायम , वेद शिक्षालाई पाठ्यक्रममा समावेश,आयुर्वेद शिक्षामा जोड र भ्रष्ट्राचार रोक्नको लागि महासंघ लागि परेको उनको भनाई छ । केन्द्रीय वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले विश्व ओमकार एकता महाअभियानमा संगठित हुँदै जागरण अभियान सञ्चालन गर्नको लागि महासभाको आवश्यकता रहेको बताए । सो अबसरमा विबेकानन्द सरस्वती, पुर्वमन्त्री धर्वबहादुर प्रधान, पुर्वमन्त्री दिपकुमार उपाध्याय, पुर्वसांसद शंकरप्रसाद पाण्डे, नयाँगाउँ मुक्तिनाथधामका संरक्षक स्वामी लोकानन्द, दिनबन्धु पोखरेल, लुम्विनी प्रदेश उप–सभामुख मेनका खांण, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, शन्तकिशोरकुमार गौतम, डा. दिपकप्रसाद बाँस्कोटा, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ ,अरुणकुमार श्रेष्ठ लगायतले बोल्दै नेपाललाइ हिन्दुराष्ट्र बनाउनु नै उद्धेश्य रहेको उल्लेख गरेका थिए । ७७ जिल्लमका १ हजार ५ सय भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ भने घोषणापत्र समेत जारी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?