© २०२३
बुटवल(बुटवल टुडे) चैत ।- तेजश्वी बचत तथा ऋण सहकारी संस्थाको आयोजानमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । बुटवल–९ मिनचौकमा रहेको सहकारीको ११ औं स्थापना दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम गरिएको हो । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने योजना अनुसार पहिलो दिन वृहत् रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष भोज बहादुर बुढाथोकीले सहकारीहरुले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रक्तदान जस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पहिलो रक्तदाता रमेश पाण्डे, सुमित्रा खनाल, माया गिरी ब्लड व्याग प्रदान गरी रक्तदान कार्यक्रम सुभारम्भ गरिएको थियो ।
पास एजुकेसन तथा एब्रेड स्टडिजको सहयोगमा भएको रक्तदान कार्यक्रममा पास एजुकेशनका अध्यक्ष विदुर खनाल, सिईयो सुशील पाण्डेले बोल्दै सामाजिक क्रियाकलापमा पासले पनि योगदान दिने योजना अनुसार सहकार्य गरिएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक राधा शर्मा, निरन्जनराज भण्डारी सहितको प्राविधिक टोलीले सहयोग गरेको थियो ।
रक्तदान कार्यक्रम संयोजक रिता घिमिरेलामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष शंकर ज्ञवाली सहित विभिन्न सामाजिक व्याक्तित्वहरुको सहभागीता रहेको थियो । सहकारीको स्थापना दिवसको अवसरमा मंगलबार जिनोमिक डाग्नोस्टिक ल्याब्रोरेटोरी प्रालिको सहयोगमा निःशुल्क सुगर परिक्षण सहितको स्वाथ्यशिविर आयोजना गरिएको अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।