© २०२३
बुटवल चैत– विश्व हिन्दु महासंघ नेपाल को आठौ महासभा रूपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत २१ र २२ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरूको सहभागीतमा महासभा हुन लागेको हो ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले देशभरबाट आउने प्रतिनिधी, पर्यवेक्षकहरूको वास स्थान व्यवस्थापन देखि महासभा पुर्व बुटवलमा आयोजना हुने भव्य सोभा यात्राको तयारी पुरा गरिएको जानकारी दिए । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यहि चैत २१ गते विहान ११ बजे विश्वहिन्दु महासंघ रूपन्देही रहेको स्थान हाटबजार बाट शोभा यात्र कार्यक्रम स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने छ । अन्तराष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरूलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।
राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए । शिसु कक्षा देखि विश्व विद्यालय सम्मको पाठ्क्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्कीने रोजगारमुलक बैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने जनाइएको छ ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकर खडालले हिन्दु राष्ट्रको अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् । यस्तै बरिष्ठ सल्लाहार तथा पुर्व सांसद शंकर प्रसाद पाण्डेले सबैको एकता र सद्भाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताए ।उनले हिन्दु गुरु राष्ट्र समेत नेपाल भएको भन्दै सोही अनुसार पहल कदम आवश्यक रहेको बताएका हुन । यस्तै केन्द्रीय सदस्य अर्जुन कुमार पौडेलले राष्ट्र रक्षा, हिन्दु राज्यको विकल्प नभएको भन्दै यो अभियानले निस्कर्ष पाउने समेत बताए । सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले नेपाली हिन्दु ऋषिमुनीहरूबाट विश्वमा विज्ञानका आविश्यहरू भएको भन्दै नेपाली बेद पुराणाको महत्व विश्वले बुझ्नुपर्ने बताएका थिए ।
महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले रूपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।उनले रूपन्देही आउने करिव १ हजार ५ सय प्रतिनीधी, पर्यवेक्षकहरूकोलागि व्यवस्थापन गरिएको जानकारी दिए । उनले कार्यक्रम पुर्व आयोजना हुने र¥यालीमा भव्य रूपमा ओमकार परिवार भित्रका विभिन्न धार्मिक संघ संस्थाहरूको सहभागीता हुने बताए ।