© २०२३
सल्यान चैत–७० भन्दा बढी किसानको खेतियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याएर कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य सहित सल्यान बागचौर नगरपालिकामा योजनाको निर्माण कार्य सुरु भएको छ । बागचौर नगरपालिका वडा नम्बर २ मा संचालन हुने उक्त सिंचाइ योजनाको लागि साढे ७२ लाख बढी खर्च हुने छ । फारुला, तिवाचौर, पाँचगैरे, सिचाइ योजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले जनाएको छ ।
योजनाको लागि नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणले ५८ लाख ८० हजार ६२६ र बागचौर नगरपालिकाले दुइ लाख ५९ हजार ३४४ रुपैया बजेट विनियोजन गरेको छ । यसमा जनश्रमदान ११ लाख १८ हजार ४४२ रुपैयाँ गरी कुल ७२ लाख ५८ हजार ४१२ रुपैयाँ लागतमा सिँचाइ योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । चिल्ढालेको तल्लो भाग शारदा नदिबाट सुरु हुने सिँचाइ नहर बागचौरको जिउलासम्म पुग्ने छ ।
यसबाट ७० भन्दा बढी घरधुरीले प्रत्यक्ष सिंचाइको सुविधा पाउने नगर प्रमुख जनकराज गौतमले बताए । कृषि क्षेत्रको विकासको लागि यस योजनाले किसानलाइ धेरै सहयोग पुर्याउने अपेक्षा राख्दै उनले समयमै योजना सम्पन्न गर्न निर्माण समितिलाइ आग्रह गरे । आगामी असार १५ गते सम्म योजना सम्पन्न गर्ने गरि काम भईरहेको निर्माण समितिका अध्यक्ष दिपक डिसीले बताए ।