© २०२३
बुटवल, चैत । भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले बुटवल देखि भैरहवा सम्म निःशुल्क बस सेवा सुरुवात गरेको छ ।
बुटवलको गोलपार्कबाट अव भैरहवा हस्पिटल सम्म निःशुल्क बस सेवा हप्तामा ३ सञ्चालन हुनेछ ।
विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाका उप–प्रमुख सावित्रादेवी अर्यालले निःशुल्क बसको शुभारम्भ गरिन ।
कार्यक्रममा बोल्दै उप–प्रमुख अर्यालले विरामी प्रति अस्पतालले गर्ने व्यवहारलाई सुधार गरी विरामीको, आफन्तहरुको मनोभावलाई बुझेर सोही अनुसारको सेवा प्रवाह गर्न आग्रह गरिन् । उनले बुटवल देखि भैरहवा उपचारका लागि जाने विरामीहरुको लागि मानविय सेवभावले सुरुवात गरिएको यो बस सेवाले निरन्तरता पाउनेमा आशावादी समेत भएको बताईन ।
निःशुल्क बस शुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालमा प्रबन्ध निर्देश अर्जुन पौडेलले अस्पतालले स्थापना समय देखि नै विरामीहरुको उपचारमा सहजीकरण गर्दै आएको बताए । अहिले आफ्नै आधुनिक शुविधा सम्पन्न अस्पताल भवनबाट सेवा प्रदान गर्दै आएको जानकारी दिदै उनले अस्पतालको आधुनिक सेवा सुविधा भएपनि अन्य अस्पताल सरहको शुल्कमा विरामीलाई सेवा प्रवाह गरिरहेको बताए ।
निशुल्क बस हप्तामा ३ दिन बुटवलबाट अस्पताल सम्म पुग्नेछ । आईतबार, मंगलबार र विहिबार विहान ९ बजेर ४५ मिनेटमा बुटवलको गोलपार्क बाट अस्पताल जानका लागि बस छुट्ने उनले बताए ।
साथै सामाजिक उत्तरदायित्व अभियानका विभिन्न क्रियाकलापहरुमा समेत उनले विगत लामो समय देखि काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रमाा राजमार्ग नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका बाबुराम बस्याल, अस्पतालका विजनेश डेभलपमेन्ट अफिसर सन्तोष कुमार पाण्डे लगायतको सहभागीता रहेको थियो ।