ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कांग्रेसको भागका आठ मन्त्रालय, कसलाई कुनको जिम्मेवारी ?

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

काठमाडौँ ।

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नेताहरुको मन्त्रालय करिब टुंगो गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले मन्त्री र तिनले सम्हाल्ने मन्त्रालयको नाम करिब पक्का गरेका हुन्।

देउवाले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीका रुपमा सरकारमा पठाउने भएका छन्। त्यसैगरी केन्द्रीय सदस्य एनपी साउद सहरी विकास मन्त्री बन्ने भएका छन्।

उपसभापति धनराज गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन्। केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ।

त्यसैगरी सांसद डिगबहादुर लिम्बुले कानुन मन्त्रालय सम्हाल्ने भएका छन्। उता तेह्रथुमबाट प्रत्यक्षमा विजयी सांसद सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने भएकी छन्।

उता रक्षा र परराष्ट्र मन्त्रालयमा भने कुरा मिल्न बाँकी रहेको एक नेताले बताएका छन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाललाई दिने दुई मन्त्रालयको टुंगो लाग्न बाँकी छ।

खड्काले कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको पनि भूमिका निर्वाह गर्ने छन्। उनलाई रक्षा मन्त्रालयमा पठाउने तयारी थियो।

तर खड्का र रिजालले परराष्ट्र र रक्षा कुन सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी भएको छ। देउवाले रिजाललाई परराष्ट्र मन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका थिए। तर खड्कासँग छलफलपछि परराष्ट्र र रक्षाको टुंगो देउवाले गर्ने भएका छन्।

उता नेकपा माओवादी केन्द्रबाट हाल भौतिक मन्त्रालय सम्हालिरहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्ने छन्। रवि लामिछानेले गत माघ १३ गते सांसद र मन्त्री दुवै पद गुमाएयता यो मन्त्रालय खाली छ। अहिले प्रधानमन्त्री प्रचण्डले गृह र रक्षासहित १६ वटा मन्त्रालय आफैंले सम्हालेका छन्। त्यसैगरी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका अमनलाल मोदीको ऊर्जा मन्त्रालयमा सरुवा गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?