© २०२३
बुटवल, चैत –नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ मा बाघको आक्रमणबाट २ जना व्यक्ती घाईते भएका छन् । घाईतेको उपचारका लागि पाल्हीनन्दन अस्पताल लोहरौलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
बाघको आक्रमणबाट घाईते भएका गजेन्द्र कोईरी र सम्पत भरको प्रहरी चौकी गिर्मीका प्रहरी सहायक निरिक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको प्रहरी टोली, वनका प्राविधिक सहितको टोली ले उद्धारगरी उपचारका लागि पठाइएको हो ।
बाघको आक्रमणबाट घाईते कोईरीको मुख, नाक र ओठमा चोट अवस्था मध्यम रहेको जनाइएको छ भने भरको खुट्टामा चोट अवस्था सामान्य रहेको जनाइएको छ ।