© २०२३
सन्धिखर्क, १५ चैत ।
अर्घाखाँची जिल्लाका यातायात व्यावसायीहरु अब पटके अनुमतिको लागि बाहिर जानू नपर्ने भएको छ । पटके अनुमतिको लागि प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयलाई अधिकार प्रत्यायोजन गरे सगै अब यस्तो बाध्यता हटेको हो ।
उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको निर्णय अनुसार अब देखि सार्बजनिक यातायात अर्थात कालो नम्बर पिलेट भएका सवारी साधनहरुको पटके अब जिल्लामै हुने भएको हो ।अर्घाखाँचीमा पश्चिम नेपाल बस व्यवसायी प्रालि, देउराली यातायात व्यवसायी, लन्का यातायात प्रालि, अर्घाखाँची ट्याक्सी यातायात व्यसायीमा आबद्ध भएर संचालित सवारीहरुले अब पटकेको लागि बाहिर धाउन नपर्ने भएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए ।
उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको चैत १ गतेको निर्णय अनुसार अब सवारी साधनहरुले सन्धिखर्कबाट नै सेवा लिन पाउने छन् । जिल्लाबाट नै सेवा लिन पाउने भएपछि सेवाग्राहीहरु खुसी भएका छन् । अब सेवा लिन सहज र सजिलो हुने घरेलु तथा साना उधोगका सूचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताए । अब यातायात व्यवस्था सेवा कार्यलय कपिलवस्तु बाट कागज आएपछि सेवा सुरु हुने दाहालको भनाइ छ । जिल्लाबाट नै पट्के सेवा मिल्ने भएपछि सहज हुने बताए ।
अर्घाखाँचीमा अहिले संचालित सवारी साधनहरुमा पश्चिम नेपाल बस ब्यबसायमा दर्ता भएका बसहरु ८४, देउराली यातायातमा दर्ता भएर संचालित सवारी साधन १५०,अर्घाखाँची ट्याक्सी ब्यासायीमा दर्ता भएर संचालनमा रहेका सवारी १०० र लंका यातायात प्रालिमा दर्ता भएर संचालनमा रहेका ११२ सवारी साधन गरी जम्मा ४४६ सार्वजनिक तथा कालो नम्बर पिलेटका सवारी साधन हरु संचालन मा रहेका छन् ।