ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

रुपन्देहीमा २ सय १६ श्रवणदृष्टि विहिनताभएका व्याक्ति

श्रवणदृष्टि विहिन अपाङ्गता बारे अभिमुखीकरण
१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

बुटवल, चैत ।
रुपन्देही नेत्रहिन संघ, श्रवणदृष्टि विहिन परियोजनाको आयोजानमा संचारकर्मीहरु को लागि श्रवणदृष्टी विहीनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टि विहिनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, पत्रकार, शिक्षक्, सरोकारवाला लाइ श्रवणदृष्टि विहिन अपाङ्गता समन्धी तालिम, अन्तरक्रिया, कार्यक्रम संचालन गरिएको बताए ।
उनले विगत ३ बर्ष देखि अपाङ्गता सम्बधी हक अधिकार तथा ऐन कानुनको सहि कार्यन्वयन का लागि स्थानीय निकायसंग पहल र पैरवी कार्यक्रम संचालन, श्रवणदृष्टिबिहिन अपाङ्गता भएका व्यक्ति को आखा र कान को जाच, फिल्ड भिजिट एनडईड फोन मा श्रवणदृष्टिबिहिन अपाङ्गता समन्धी संचार तालिम, ब्रेल तालिम, सांकेतिक भाषा तालिम, बन्दा बन्दी को समयमा आर्थिक समस्या मा परेको परिवार लाइ राहात वितरण गरिएको बताए ।
श्रवणदृष्टिबिहिन अपाङ्गता भएका बालबालिका को परिवार तथा युवा युवतीहरु लाइ गमनशिलता तालिम तथा क्षमता बिकास, संस्थागत विकास तालिम समेत प्रदान गरिएको जानकारी दिए ।
श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरु को लागि शान्ति नमुना मा वि मा श्रोत कक्षा संचालन गरिएको जानकारी दिदै उनले १० जना बालबालिका हरु लाइ भर्ना गरी पठनपाठन कार्य बिगत २ वर्ष देखि सुुरुवात गरिएको बताए ।
श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिका हरुको अभिभावकहरुको संस्था जिल्ला प्रशासन कार्यालय मा दर्तागरी तिलोत्तामा नगरपालिका सुचिकृतगरी संगठित संस्थाको रुपमा संस्था संचालन गरिएको उनको भनाई छ ।
कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै बहिरा महासंघ नेपालका श्रवण दृष्टिविहिनको शिक्षा मा पुहँच परियोजना संयोजक शंकर सिंह चैसिरले नेपालमा हाल १० हजार १ सय ७९ जना श्रवणदृष्टि विहिनभएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि श्रवणदृष्टि विहिनताको बारेमा जनचेतना फैलाउन सञ्चारकर्मीको भुमिका ठुलो हुने बताए ।
यस्तै श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा ल्याउन, श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई नेपाल सरकारका निति तथा कार्यक्रममा समावेश गराउन र सरकारले दिंदै आएको सेवा सुविधा, परिचय पत्र प्राप्तको लागि र श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुको सुचना तथा संचारका लागि सरकारको ध्यानाकर्षण गर्न मिडियाले ठुलो भूमिका खेल्न सक्ने बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेको जानकारी दिदै चैसीरले लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको बताए ।जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।
यस्तै रुपन्देही जिललामा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २ सयस १६ जना रहेका छन् । जसमा महिला ९९ जना र पुरुष १ सय १७ जना रहेका छन् ।
जसमा ३९ जनाले परियोजना मार्फत घर घरमा आधारित सेवा तथा स्रोत कक्षामा सहभागी रहेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य शिला घिमिरेले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुबै आँखा नदेख्ने, दुबै कान नसुन्ने श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको अधिकारका लागि उनीहरुको सहज जिवन यापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताईन । उनले श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुलाई अहिले पनि घर परिवारमा घर भित्र नै सिमित गर्ने उनीहरुको अधिकार कुन्ठीत पार्ने काम भएको भन्दै जुन कार्य गलत भएको बताईन ।
रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले संघ मातहतमा जिल्लामा ३ बर्ष सम्म श्रवणदृष्टि विहिनताभएका व्याक्तिहरुको लागि काम गरिएको बताउँदै जसबाट १० जना बालबालिकाहरुले नेपालकै पहिलो श्रवणदृष्टि विहिनता भएका विद्यार्थीको विशेष शिक्षा सञ्चालन गरिएको शान्ती माविमा थेरापी सहितको सिकाईं काम गरिएको बताए । उनले सबै पालिकाहरुले पायक पर्ने स्थानमा यी र यस्ता वालवालिका/व्याक्तिहरुका लागि स्रोत कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको हक, अधिकार सहित समाजमा पुर्नस्थापानका लागि सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission