ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

ओलीले सुरु गरेको कालोपत्रे कहिले होला पुरा ?

उनले देशभर आफुहरुको सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकास निर्माणका पुर्वाधारहरु शुरु भएको बताए । अध्यक्ष वलीले एमाले देशको विकास निर्माणमा जनतासँग सँगै रहेको भन्दै सञ्चालिन योजनालाई पुर्णता दिन आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

गुल्मी,  चैत- पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलिले २०५१ सालमा नेकपा एमाले सरकारले सुरु गरेको आफ्नो गाउँ आफै बनाउँ भन्ने नारासँगै विकासको अभियान शुरु भएको बताएका छन । एमाले सरकारका हुँदा तत्कालिन गाउँविकास समितिको पालादेखि विकासको लहर शुरु भएसँगै ग्रामिण क्षेत्रमा पनि विकासले फट्कोमार्दै गएको वलीले बताए ।
गुल्मीको छत्रकोट गाउँपालिका ४ अन्र्तगत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँचीको फर्सा टाकुरा जोड्ने सडकखण्डको डेढ किलोमिटर कालोपत्रे सडकको मंगलबार उद्घाटन गर्दै अध्यक्ष वलीले उक्त कुरा बताएका थिए ।

उनले देशभर आफुहरुको सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकास निर्माणका पुर्वाधारहरु शुरु भएको बताए । अध्यक्ष वलीले एमाले देशको विकास निर्माणमा जनतासँग सँगै रहेको भन्दै सञ्चालिन योजनालाई पुर्णता दिन आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त सडक प्रदेश समपुरक कोष अन्र्तगत दुई करोड तीन लाख ८० हजार लागतमा पुष्पाञ्जली शंकर जेभी तम्घासले निर्माण गरेको छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन । गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमीटर सडकखण्ड अन्र्तगत पहिलो चरणमा पिपलनेटा घडेरीटोला खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पुनले जानकारी गराएका छन ।

आउँदो असार मसान्तमा सम्पन्न गर्ने गरि गत मंसिरमा सम्झौता गरिएको उक्त सडक कालोपत्रेको काम सम्झौता सकिनु भन्दा तीन महिना अघि नै सम्पन्न गरिएको निर्माण व्यवसायी सञ्जय पन्थीले बताए । छत्रकोट गाउँपालिकाका सम्झौता भएका धेरै सडकहरुमा कतिपय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगरि अलपत्र पारिरहेको अबस्थामा पुष्पाञ्जली शंकर जेभीले भने समय अगावै काम सम्पन्न गरेको हो ।

२०४९÷५० सालमा पहिलो ट्रयाक खोलिएको उक्त सडक छत्रकोट गाउँपालिका भित्र रहेका आन्तरिक सडकहरु मध्ये पहिलो कालोपत्रे सडक हो । निर्माण भएको झण्डै तीन दशकपछि सडक कालोपत्रे गर्न शुरु भएपछि त्यस क्षेत्रका बासिन्दाहरु थप खुसि बनेका छन ।

एमाले कमजोर बनाउने खेल भएकोछ ः अध्यक्ष ओली
पाल्पा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई चार्रैतिबार घरोबन्दीमा राख्ने काम भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बताएका हुन् ।
‘हामीविरुद्ध कमजोर बनाउने खेल भएको छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि कमजोर हुँदैनौ बरु ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत सांसद जित्छौं । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’ एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
दशदलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनाहरुको समेत बजेट रोक्ने काम गरेको आरोप लगाए । उनले भने हामी सरकारमा रहँदा सडक, पूर्वधार र उर्जाका क्षेत्रमा राम्रा कामको थालनि गरेका थियौं, केही काम सम्पन्न भए पनि केही कामले गति लिएको अवस्था थियोृ तर अहिलेको गठबन्धन सरकारले ति कामहरु अलपत्र छाडेको छ ।’
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजैनिक र राष्ट्रियता संकटमा रहेको बताए । यस्तो अवस्थामा सत्ता गठबन्धन रमिते बनेको उनको आरोप छ । फरक प्रसंगमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission