© २०२३
लमही, चैत ।- लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भए लगतै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगतै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन ।
सबै कार्यालय संचालन आएलगतै सेवाग्राहीको आगमनले भिडभाड बढाएको हो । राजधानी अन्र्तगत १२ वटा जिल्लाका बासिन्दाहरु प्रदेशबाट प्राप्तगर्ने सेवा सुविधा लिन प्रदेश राजधानी देउखुरीमा आउनथालेका छन । सेवाग्राही बढेपछि उनिहरुसंगै गाडीहरुको समेत भिडभाड लाग्ने गरेको छ । राजधानीमा भएको चहलपहलसंगै यहाँका होटल व्यवसाय फस्टाउन थालेका छन ।
सबै मन्त्रालय र कार्यालयहरुमा भिडभाड लाग्ने गरेको देखिन्छ । राजधानी स्थानान्तरणसँगै सबै जसो सञ्चारआवद्ध मिडिया हाउस र प्रदेश स्तरीय संघ–संस्थाहरुले आफना सम्पर्क कार्यालय राजधानी आसपासमा संचालनमा ल्याएका छन । जसका कारणझनै भिडभाड देखिन थालेको हो । राजधानीमा चहल पहल आए लगतै यहाँका होटल ,व्यापार व्यवसायिहरु समेत उत्साहित बनेका छन ।
जता ततै आर्थिक मन्दीखेपीरहेका बेला देउखुरीका होटल व्यवसायीहरुमा भने राहतको अनुभुतिगर्दै थप आशा पलाएको बताउँछन । भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश वेल्वासे राजधानी स्थान्त्रणले होटल व्यवसायीहरुमा आशा जगाएको बताउँछन । ‘‘पहिले भन्दा धेरै चहल पहल भएको छ , त्यसमा पनि राजधानी आसपासमा बढी चहलपहल छ यद्यपी त्यहाँका होटलहरुको स्तरवृद्धी गर्न जरुरी देखिएको छ ’–उनले भने ।
राप्ती–३ मौरिघाट निवासी भरतराज न्यौपाने–‘‘भन्छन धेरै चहल पहल भएको छ । मौरिघाट भाडामा कोठा उपलब्ध गराउनै सकेका छैनौ , होटलहरुले राम्रो आम्दानी गरेका छन ।’
राजधानी संचालनले लमहीका होटल व्यवसायिहरु समेत उत्साहित बनेका छन । लमही स्थित सिद्धार्थ प्रालिका संचालक समितका सदस्य रवि आचार्यले आफूहरुमा राजधानीले नयाँ उत्साह जगाएको बताए ।
गत २०७७ असोज २० गते तत्कालिन मुख्य मन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाँउपालिका ३ मौरिघाटमा स्थायी राजानधी स्थानान्तरण गर्ने निर्णय गरेको थियो । निर्णय गरेको २ बर्ष २ महिनामा गत २०७९ मंसिरको दोस्रो साता तत्कालीन मुख्यमन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी मुकाम बुटवल देखि स्थायी राजधानी दाङ देउखुरीको मौरिघाटमा स्थानान्तरण गरेका थिए ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको औपचारिक रुपमा मंसिर २७ मंसिर बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू भएको थियो । मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा भएको थियो ।