ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
फ्रन्टपेज

बाँकेमा जुर्मुरायो पर्यटनः शहरमा होटल, गाउँमा होमस्टे

शहरमा खुलेका तारे होटल र गाउँमा खुलेका होमस्टेका लागि आन्तरिक एवं बाह्य पर्यटक ल्याउने गरी पर्यटन सम्बन्धि गतिबिधिलाई बढावा दिइरहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । उनले नेपालगन्जलाई आधार बनाएर पश्चिमको पर्यटनमा टेवा पुर्याउन प्रचारात्मक गतिबिधि गरिरहेका बताए ।
१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

बाँके, चैत- बाँकेको शहरमा सानादेखि तारे होटल त गाउँमा होमस्टे खुल्नेक्रम बढेको छ । यसरी खुलेका होटल र होमस्टेका लगानीकर्ताहरु पछिल्लो समय जिल्लामा जुर्मुराएको पर्यटन सम्बन्धी बिभिन्न गतिबिधिबाट उत्साहित बनेको होमस्टे (घरवास) महासंघका महासचिव कृष्ण चौधरी बताउँछन् ।

गाभरलाई होमस्टे मार्फत चिनाएका उनी भन्छन्–‘कोरोनाले सबैथोक गुमाएका व्यवसायीको अनुहारमा चमक देखिन थालेको छ । तर आर्थिक समस्याले निम्त्याएको चोट फेरी उस्तै छ ।’ पर्यटकिय गतिबिधि बढेपनि पछिल्लो समय देशमा उत्पन्न आर्थिक संकटले पर्यटनक्षेत्रलाई पनि प्रभावित बनाएको चौधरीको भनाई छ ।

चौधरीका अनुसार बाँकेमा पछिल्लो एक दशकयता बिभिन्न ठाउँमा साठ्ठी वटा सामुदायिक होमस्टे सन्चालनमा छन् । जिल्लाको गाभरमा मात्र करिब चालिस होमस्टे छन् भने राप्तीसोनारीको नयाँगाउँ,कोहलपुरको खडकबारमा होमस्टे सन्चालनमा छन् ।

होमस्टे सन्चालन पछि बिदेशिने परिवारले स्वदेशमै इल मगर्न पाइरहेको र गाउँमा आर्थिक गतिबिधि बढेको खड्गकबार नमुना होमस्टेका अध्यक्ष लालबहादुर राना बताउँछन् । उनी भन्छन्–‘स्थानीय साधनस्रोतकै प्रयोग गरेर घरबाटै आम्दानी हुने भएपछि धेरै युवाहरु बिदेशिनबाट रोकिएका छन् ।’ रानाका अनुसार,बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकिय गतिबिधि बढेका कारण होमस्टेमा आउने सेवाग्राही थपिदै गएका छन् ।

गाउँमा होमस्टेको संख्या थपिदै जाँदा जिल्ला सदरमुकाम नेपालगन्ज र कोहलपुरमा तारे होटलको संख्या एक दर्जन पुगेको छ । सोल्टी र सेन्ट्रल प्लाजा जस्ता पाँच तारे होटल सहित सिद्धार्थ भ्यू,सिटी प्यालेस, स्नेह,कलपत्रु, गोल्डेन ब्लिज जस्ता सुविधा सम्पन्न होटलहरु क्यासिनो सहित सन्चालनमा छन् ।
‘यि होटलहरुमा करोडौको लगानी छ । लगानी गरिसकेपछि अनेकौ आरोहअवरोह झेल्दै आए पनि कोभिड समाप्त भएयता अकुपेन्सी ठिकै छ ।’ सिद्धार्थ ग्रुपका प्रबन्धक केशव न्यौपाने भन्छन्–‘पर्यटकको फ्लो बढाउनका लागि हामीले अझ गतिबिधि गर्नुपर्छ ।’

क्यासिनो र होटलले संयौलाई रोजगारी दिइरहेका कारण पर्यटन व्यवसायलाई जोगाउन आवश्यक रहेको उनी बताउँछन् । न्यौपानेले भने,–‘अहिले जुन खाले आर्थिक समस्या छ,त्यसको समाधान पनि चाँडै होस् अन्यथा बाँकेमा पर्यटन व्यवसाय ठिकै हुन्छ ।’

शहरमा खुलेका तारे होटल र गाउँमा खुलेका होमस्टेका लागि आन्तरिक एवं बाह्य पर्यटक ल्याउने गरी पर्यटन सम्बन्धि गतिबिधिलाई बढावा दिइरहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । भारतीय पर्यटक नेपालमा भित्रा्उने गरी दुईपटक वेष्र्टन टुरिमज मेला गरिसकेका सिग्देल भन्छन् –‘नेपालगन्जलाई
आधार बनाएर पश्चिमको पर्यटनमा टेवा पुर्याउन प्रचारात्मक गतिबिधि गरिरहेका छौं । यसको सकारात्मक प्रभाव परेको हामीले महसुस गरेका छौं ।’

भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको
शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् ।

अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ । कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् । सिग्देलका अनुसार भारतबाट आउने अधिकांश पर्यटक व्यावसायिक रूपमा सञ्चालन भएका वाटरपार्कमा रमाउनुका साथै धार्मिक गन्तव्यमा जाने र क्यासिनोमा समेत रमाउने गरेका छन् ।

पछिल्लो समय सुरु भएको नेपालगञ्ज–पोखरा हवाइ उडान, नेपालगञ्ज–लखनउ सिधा बस सेवा, नेपालगञ्ज–बर्दिया निकुञ्ज पर्यटक बस सेवा र कर्णालीका विभिन्न जिल्लामा बढेको हवाई उडान एवं सडक विस्तारले पनि भारतीय तथा स्वदेशी पर्यटक बाँकेबाटै जाने हुँदा होटल व्यवसाय पुनः फस्टाएको होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष अध्यक्ष भीम कँडेलले बताए ।

बाँके बर्दियालगायत कर्णालीमा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अझै राम्ररी प्रचारप्रसार हुन नसकेको जनाउँदै भारतमा मात्रै राम्ररी प्रचार गर्न सकिए जिल्लाको समृद्धि र विकासमा पर्यटन व्यवसाय मुख्य आधार बन्ने आशा गरिएको नेपालगन्ज उद्योग वाणिज्ज संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् । नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरेर नेपालगञ्ज–लखनउ, नेपालगञ्ज–दिल्ली
हवाई उडान गर्न सके झन् यो क्षेत्रले पर्यटनको विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको ओलीको भनाई छ ।

“नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा यस क्षेत्रका अन्य पर्यटकीयस्थलका लागि बाँके पर्यटनद्वार बन्छ,” उनले भने । पछिल्लो समयमा स्वदेशी र भारतीय पर्यटकको आगमन बाँकेमा वृद्धि हुँदै जाँदा यहाँका होटल, होमस्टे र व्यापारिक मलहरू फेरि भरिभराउ हुन थालेको पर्यटन प्रर्वद्धन मञ्च बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?