© २०२३
बुटवल, चैत- तिलोत्तमा नगरपालिका वडा नं ४ का ९४ वर्षिय बुद्धिराम भण्डारीले जन्मदिन अस्पतालमा मनाएका छन् । टाउकोको सफल शल्यक्रिया गरिएको भण्डारीको अस्पताल परिवारले जन्मदिन मनाईदिएको हो ।
९४ वर्षिय भण्डारी एन्टरियर बाल एमआई बिरामी हुन । उनलाई एक पटक हर्ट अट्याक आएर मुटुको समस्या देखिएका भण्डारी नियमित रगत पातलो बनाउने औषधी खान्थे । उनी लडेर टाउकोमा रगत जमेको थियो । एकातर्फ बढी र एन्टरियर बाल एमआईका बिरामीको सफल शल्यक्रिया भएको उपचारमा संलग्न न्युरोसर्जन डा. केआई सिह केसीले बताए । ‘हाम्रो टिमले करिब एक घण्टा लगाएर शल्यक्रिया गर्न सफल भएका हौ ।’–उनले भने ।
तिलोत्तमा नगरपालिका वडा नं ४ का ९४ वर्षिय बुद्धिराम भण्डारी डेढ महिना अघि पलाङबाट लडेका थिए । उमेरले बुढेसकाल लागेको उनि राती लड्दा सामान्य लक्षणमात्र देखियो । मुटुको औषधी सेवन गर्ने उनि नियमित उपचार गदैै आएका थिए । सामान्य स्वस्थ्य अवस्था रहेका उनको डेढ महिनापछि भने एक्कासी केही समस्या देखियो । दात बाध्ने र पानी समेत पिउन नसक्ने अवस्था आएपछि छोराले अस्पताल लिएर आए । परिक्षणको क्रममा उनको टाउकोमा रगत जमेको देखिएको साईला छोरा कुलचन्द्र भण्डारीले बताए ।
भारतमा ३० वर्षदेखि रोजगारमा रहेका उनि बुबाको खबर पाएर शनिबार नेपाल फर्किए । चिन्तामा आएका उनि अहिले बुबाको अवस्था सामान्य पाएर दंग छन । ‘स्वदेशमा नै राम्रो उपचार गर्ने थलो पाईयो ।’–उनले भने । अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले विशिष्टिकृत सेवामा आफुहरु अगाडी रहेको दाबी गरे । काठमाण्डौ धाउनुपर्ने बिरामीहरुको अहिले बुटवलमा नै कम शुल्कमा उपचार गराउन सफल भएको उनले बताए ।