ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

भैरहवा बहुमुखीमा निर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई एमालेद्वारा सम्मान

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

भैरहवा, १२ चैत ।

गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपाने सहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकमा उनीहरुलाई सम्मान गरिएको हो ।

भैरहवा बहुमुखी क्याम्पसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलले नै जितेको छ । त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वाणिज्य उपाध्यक्षमा निर्वाचित एमाले जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले एमालेविरुद्ध घेराबन्दी र गठबन्धन गरिए पनि जनताले एमालेलाई मन पराएको बताए । उनले स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरी शानदार रुपमा जितेको बताए । उनले भने, ‘अन्य मुलुकमा सत्ता पक्षविरुद्ध विपक्षीले गठबन्धन गर्छन्, नेपालमा सत्तापक्षले विपक्षी दलविरुद्ध गठबन्धन गर्छन्, यसले पनि पुष्टि गर्छ कि एमाले कति बलियो छ ।’

एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले आगामी निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा एमालेले जित्ने गरी अघि बढ्न आग्रह गरे । उनले केही कमीकमजोरी र असन्तुष्टी भए त्यसलाई समाधान गर्नुपर्ने बताए । उनले पार्टीलाई बलियो बनाउन र तल्लो तहमा पार्टी कार्यकर्ता र जनताको गुनासो सुन्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

पार्टीका सिद्धार्थनगर कमिटीका उपाध्यक्ष अर्जुन कुमार गिरीले पार्टीभित्र रहेका गुनासोलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए । एमाले सिद्धार्थनगर–६ का अध्यक्ष रामदयाल गुप्ताले स्ववियु निर्वाचनमा अनेरास्ववियुको शानदार जीत भएको बताए ।

अनेरास्ववियु पूर्व केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले एमालेलाई अझ बलियो बनाउनेतर्फ अघि बढ्नुपर्ने बताइन् । एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज तथा सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरीले अन्य दलका विद्यार्थी संगठनको गठबन्धनका बाबजुद अनेरास्ववियुको सिंगो टीमले नै भैरहवा बहुमुखी क्याम्पसमा जीत हासिल गरेको बताए ।

भैरहवा बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति सागर न्यौपानेले विद्यार्थीको हकहितमा निरन्तर काम गरिरहेको अनेरास्ववियुलाई मुल्यांकन गर्दै विद्यार्थीले जिताएको बताए ।

नवनिर्वाचित स्ववियु सदस्य राजन गुप्ताले स्ववियु निर्वाचन नहुँदा समेत निरन्तर विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले अझ रचनात्मक कार्य गर्ने बताए । कार्यक्रममा एमाले सिद्धार्थनगर–६ का अध्यक्ष रामदयाल गुप्ता, उपसचिव आनन्द न्यौपाने तथा सचिव मदन प्रसाद पौडेललगायतले पनि बोलेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?