ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

घोराहीमा दरबन्दी मिलान पूर्वाग्रही भएको आरोप

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

दाङ, १२ चैत ।

घोराही उपमहानगरपालिकाको नगर शिक्षाले नगरस्तरीय शिक्षक दरबन्दी मिलान गर्दा आफूमाथि अन्याय भयो भनी दाङका केही शिक्षक संघ, संगठन बिरोधमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघ घोराही नगर समितिले घोराही उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलानमा असन्तुष्टि जनाएको छ ।

विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने सम्बन्धी विभिन्न समयमा शिक्षक महासंघ तथा पेशागत शिक्षक संघ÷संगठनको औपचारिक÷अनौपचारिक बैठक÷छलफलमा भएका सहमति विपरित दरबन्दी मिलान गर्ने बहानामा शिक्षा ऐन÷नियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अविलम्ब सच्याउन माग गरेको छ ।

नगर सहअध्यक्ष हुमबहादुर रानाको अध्यक्षतामा आईतबार पत्रकार सम्मेलन गरी घोराही नगर शिक्षामा चैत ८ गते बसेको बैठकको निर्णय शिक्षकहरुको भावना र सम्मान विपरीत रहेको हुँदा तत्काल सच्याउन माग गरिएको छ ।

सहअध्यक्ष रानाले शिक्षकहरुको सहमति विपरित दरबन्दी मिलान गर्ने बहानामा शिक्षा ऐन÷नियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अविलम्ब बदर गरी नियम सङ्गत र शिक्षक महासंघको सहमति अनुसार कार्य गर्न घोराही उपमहानगरपालिका, घोराही नगर शिक्षा समिति लगायत सामाजिक विकास महाशाखा घोराहीलाई ध्यानाकर्षण गराएका छन् ।

‘विद्यार्थी कम भएको ठाउँमा दरबन्दी काट्ने र नजिकैको विद्यालयमा दरबन्दी थप गरी मिलान गर्ने बुझेका थियोँ तर व्यवहारमा अर्कै हुन पुगेको छ’ उनले भने । ‘समस्याका बारेमा हामीले लिखित मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि अबको बाटो र आन्दोलनका बारेमा सोँच्नु पर्ने भएको छ ।’

उनले आफूहरुको माग र आवाज सबै ठीक नै भएको भन्न सक्ने अवस्था नरहेको र यसका बारेमा गम्भीरतापूर्वक सोँची दिन अपिल गरे । ‘शिक्षकले उठाएको माग, नगर शिक्षाले चालेको कदमलाई मिहिन रुपमा केलाएर देखा परेको समस्याका बारेमा सबैले साथ दिनुहोला, हामीले उठाएका सबै कुरा ठीक छन् भन्ने पक्षमा हामी पनि छैनौ, उनले भने ‘समस्या हामीमा पनि हुन सक्छ, आगामी दिनमा शैक्षिक उन्नयनका लागि सबैको समान अस्तित्वको भावनात्मक विकास होस् भन्ने हाम्रो चाहना हो ।’

दरबन्दी मिलान भनिए पनि व्यापक सरुवा गरिएको, नमूना विद्यालयका नाममा नगरपालिकाले विद्यालय व्यवस्थापन समितिमा हस्तक्षेप गरेको उनको भनाई छ । उनका अनुसार दरबन्दी मिलानका क्रममा १०१ जना शिक्षकलाई चलाउने काम भएको छ । १८–२० वटा दरबन्दी काटेर २१ वटामा थप गर्नुपर्नेमा अनावश्यक ठाउँमा पनि चलाउने काम भएको उनको आरोप छ । यसले महिला शिक्षक बढी प्रभावित भएका, दरबन्दी काटिएको ठाउँमा पनि नयाँ शिक्षक सरुवा गरिएको, नजिकका तथा पायक विद्यालयमा रिक्त रहेको दरबन्दी खाली राखेर पूर्वाग्रही रुपमा टाढा पठाईएको बताए । समस्याका बारेमा विषय उठान भएकाले सम्वादको माध्यमबाट समस्या समाधानमा ध्यान दिन उनको आग्रह छ । अन्यथा, शिक्षक महासंघको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरी सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल शिक्षक महासंघ घोराही नगर समितिको विरोध कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही, एकीकृत अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संघ घोराही, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही र अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी घोराहीको आवद्धता रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?