© २०२३
बुटवल, ११ चैत ।
नेपाल भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेश समितिको तेश्रो साधारण सभा एवं अधिवेशन बुटवलमा सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. शितलकाजि श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम प्रादेशिक समिति अध्यक्ष डा. वसन्त आचार्यको अध्यक्षतामा भएको थियो ।
अधिवेशनले डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. सुमन कुमार सिंह, सचिवमा डा. भरत काफ्ले, सह सचिवमा डा. अविनाश क्षेत्री र कोषाध्यक्षमा डा. अशोक पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डा. मदन भण्डारी, डा. कृष्णा खडका, डा. सुमित सिंह जिसि, डा.केशव लम्साल, डा. पवन पाण्डे र डा. माधव रावत निर्वाचित भएका छन् । नेपाल भेटेरिनरी एशोसिएशन देश भित्र र देश बाहिर छरिएर रहेका पशु चिकित्सकहरुको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्बद्र्धन गर्नको लागि स्थापित छाता संगठन हो ।