ट्रेंडिंग:

>> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला

कोभिड नियन्त्रणमा जोखिम मोलेर सेवा दिने स्वाथ्यकर्मी व्यवस्थापन

१२ चैत्र २०७९, आइतबार
१२ चैत्र २०७९, आइतबार

दाङ, १२ चैत ।

कोरोना महामारीका बेलामा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गरेका लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा कार्यरत मेडिकल अफिसरसहितका स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । लामो समयदेखि अन्यौलमा रहेका १ सय ९३ जना (डाक्टर तथा स्वास्थ्य प्राविधिक) स्वास्थ्यकर्मीहरुलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । मुख्यमन्त्री लिला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । उनीहरु लामो समयदेखि बाहिर थिए भने पारिश्रमिक पनि पाएका थिएनन् ।

‘कोरोना कहरका बेलामा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीलाई यत्तिकै निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भएपनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौंं’, मन्त्री पन्थीले भने ।

प्रोत्साहन स्वरुप कार्यरत कोभिडकालिन डाक्टर तथा स्वास्थ्य प्राविधिकहरुलाई प्रदेश सरकारले व्यवस्थापन गर्ने निर्णय भएको छ । मुख्यमन्त्री लिला गिरीको निर्देशनमा कोभिड महामारीको समयमा ज्यानको प्रवाह नगरी नागरिकको उपचारका खटिएका १९३ जना डाक्टर तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय भएको हो ।

कोभिड कालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिकहरु समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजंग क्षेत्रीले बताए ।

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशीक अस्पतालको स्तरबृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोभिडकालीन स्वास्थ्य प्राविधिकहरुलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

सो अस्पतालमा २२ जना मेडिकल अफिसर, १ सय ११ जना स्टाफनर्स, ६ जना ल्याव टेक्निसियन, ३ जना रेडियोग्राफर, २ जना एनेस्थेटिक, २ जना अहेव, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, १ जना वायोमेडिकल टेक्निसियन, १ जना प्लम्बर र १ जना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकहरुको पारिश्रमिक निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?