© २०२३
गुल्मी (बुटवलटुडे), ११ चैत – नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुककको अर्थतन्त्र डामाडोल अवस्थामा रहेकोकारण उद्योगी व्यावसायीहरु ठूलो संकटमा परेको बताएका छन । उनले देशमा राजनीतिक अस्थिरताका कारण व्यावसायीक स्थिरता कायम हुन नसकेको बताए ।
गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघले रेसुंगा पोखरीमा आयोजना गरेको संघको १३ औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष शर्माले उक्त कुरा बताएका हुन । उनले वैंक र वित्तीय संस्थाको ज्यादतीका कारण व्यवसायी र सर्वसाधारण विक्षिप्त अबस्थामा रहेको बताए । देशमा देखिएको राजनीतिक संकटका कारण अवको बाटो के हो ? र कता जाने हो ? भन्ने विषयमा सबैलाई अन्यौलता उत्पन्न गराएको बताएका छन ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदश्य कृष्ण प्रसाद श्रेष्ठ, ईस्मा गाउँपालिका अध्यक्ष भगत खड्का, उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष श्रीप्रसाद भलामी, बरिष्ठ उपाध्यक्ष राम प्रसाद पन्थी, रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, निर्माण व्यवसायी संघका माहासचिव हरिप्रसाद श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवर लगायतका व्यक्तिहरुले रेसुंगाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनको लागि वाणिज्य संघले रेसुंगा क्षेत्रमा आयोजना गरेको कार्यक्रम अत्यन्तै अर्थपूर्ण रहेको बताएका थिए ।
साधारण सभामा गुल्मी उद्योग वाणिज्य संघले संघमा आवद्ध पुर्व जेष्ठ पदाधिकारी एवं सदश्यहरुलाई सम्मान गर्नुका साथै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउने गुल्मी छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि सम्मान गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघले जिल्लामा गरेका सामाजिक कामहरुको बारेमा महासचिव ईश्वरी प्रसाद बेल्वासेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु प्रसाद अधिकारीले आर्थिक वर्ष ०७८÷७९ को आय–व्याय बिवरण र ०७९÷८० को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।