ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

जोत्ने बेलामा धमाधम गोरु मरेपछि किसानलाई चिन्ता

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

सल्यान,१० चैत- खेत जोत्ने समय नजिकिदै गर्दा धमाधम गोरु मर्न थालेपछी सल्यानका किसान चिन्तित बनेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका तथा सिद्धकुमाख गाउँपालिकामा लम्कि स्किन डिजिज रोगका कारण पशुचौपाया मर्न थालेपछी किसानहरु क्षती व्यहोर्न बाध्य छन भने त्यत्तिकै चिन्ता पनि थपिएको छ ।
सिद्धकुमाख गाउँपालिकाको वडा ४ सागिने, बनगाड कुपिण्डे नगरपालिकाको पाखापानि,मैदु लगायतका क्षेत्रमा गोरु मर्न थालेको स्थानियहरु बताउँछन् । “नाकबाट सिगान वग्ने, टाउको सुनिने, पिसाव नलि सुनिने र दुईतिन दिनपछि गोरु मर्ने गरेका छन् “ स्थानिय कृषक कमलचरण धितालले भने, “अब खेतिपातिको समय आउंदैछ । यस्तो बेलामा जोत्ने गोरु नै मरेपछी कसरी खेती गर्ने, कसरी जीवन चलाउने भन्ने चिन्ता लागेको छ ।“

बनगाड कुपिण्डे नगरपालिकाको पशु स्वास्थ्य शाखाले पशु चौपायामा देखिएको उक्त रोग लम्पी स्किन डिजिज रोग भएको पुष्टि भएको जनाएको छ । शाखा प्रमुख विनाराम विसीले यो रोगको उपचार भ्याक्सिन बाट मात्रै सम्भव हुने तर हाल सम्म नेपालमा खोप नभएको जानकारी दिए । उपचार नै नहुने भएपछी किसान झन चिन्तामा छन ।
बनगाड, सिद्धकुमाख लगायतका क्षेत्रमा १२ जिउ भन्दा बढी गोरु मरिसकेको किसानहरु बताउँछन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ५,६,७,८ र ९ लगाएतका क्षेत्रमा पशुचौपाएमा रोग देखापरेको छ । रोग लागे पछि गोरुले दानापानी पनि नखाने र विरामी गोरुलाइ उपचार गर्दा पनि निको नभएको स्थानीय कृषक जयराम बुढाथोकीले बताए ।

यता जिल्लाको कालिमाटी गाउँपालिकामा पनि लम्कि स्किन जस्तै लक्षण देखिएको रोगको कारण एक साताको अवधिमा दस भन्दा बढी गाई गोरु मरेको किसानहरुले बताएका छन् । गाउपालिकाको वडा नम्बर ७ घुईयाबारी बाट सुरु भएको उक्त संक्रमण पालिकाको ६,५,४ हुदै ३,२,१ वडामा पनि फैलिएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखा मार्फत पालिकाका सात वटै वडामा किसानका घरमा विरामी परेका गाईगोरुको उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । विरामी परेका गाईगोरुको छालामा फोका देखिने, घाटीको माला सुनिने, नाईटो मुनिको भागहरु सुनिने, १०५ डिग्री भन्दा बढी ज्वरो आउने, श्वास प्रश्वासमा समस्या हुने, नाकमुखबाट पिप जस्तो बाक्लो सिगान बग्ने जस्ता समस्या देखिने गरेको कालिमाटी गाउँपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख केशवराज वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission