© २०२३
गुल्मी(बुटवल टुडे) ६ चैत– नेपाल बैंक लिमिटेड तम्घास शाखाले गुल्मीको सदरमुकाम तम्घासमा वित्तिय साक्षरता कक्षा संचालन गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तिय ज्ञान र सिपवाट व्यवहारिक रुपमा सक्षम बनाउँदै उनीहरुलाई आर्थिक वृद्धिमा सहयोग पुराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सदरमुकाम तम्घास अन्र्तगत सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुमाझ उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा वित्तिय साक्षरताको अर्थ, नेपालमा वित्तिय प्रणालीको अबस्था, बैंकले गर्ने मुख्य कामहरु, वित्तिय अनुशासन र डिजिटल वैंकिङ प्रविधि लगायताक विषयमा जानकारी गराईएको नेपाल बैंक तम्घास शाखा प्रमुख नारायण प्रसाद कँडेलले बताए । युवाहरुमा वित्तिय शिक्षाको महत्व बारेमा जागरण ल्याउनका लागि नेपाल राष्ट्र वैंकको निर्देशन अनुसार सोमबारदेखि संचालन गरिएको ‘ग्लोवल मनि वीक’ को युवा लक्षीत कार्यक्रम अन्र्तगत वैंकद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल बैंक तम्घास शाखा प्रमुख नारायण प्रसाद कँडेलले विद्यार्थीहरुलाई वचत, कर्जा सापटी, भुक्तानी, डिजिटल वैंकिङ्ग प्रयोग गर्दा अपनाउनु पर्ने सावधानि लगायतका विषयमा अभिमुखिकरण गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले राष्ट्र वैंकले संचालन गरेको सप्ताहव्यापी कार्यक्रमले युवा विद्यार्थीहरुलाई वित्तिय शिक्षाको बारेमा थप महत्वपूर्ण जानकारी प्रदान गरेको बताए । कार्यक्रममा नेपाल बैंक तम्घास शाखाको तर्फवाट सरिता पन्थी, गिता अर्याल, कबिल परियार लगायतले सहजीकरण गरेका थिए । गुल्मीमा नेपाल बैंकले गत दुई वर्षदेखि यहाँका नागरिकहरुलाई वित्तिय सेवा प्रवाह गर्दै आईरहेको छ ।