© २०२३
बुटवल, चैत– अपाङ्गता महिला संघ रुपन्देहीको आयोजाना र बुटवल उपमहानगरपालिकाको सहयोगमा ‘जनप्रतिनिधि र स्वास्थस्वमसेविकाहरुका लागि अपाङ्गता सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम ’गरेको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता कुनै असक्षमता नभई एउटा अवरोधजन्य अवस्था रहेको भन्दै जनप्रतिनिधी, महिला स्वमसेविकाहरु सहित अन्य सरोकारवालाले उनीहरुको अधिकार स्थापना गर्नको लागि हातेमालो गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले मानवतामैत्री समाज निर्माण गर्न आवश्यक भएको भन्दै भौतिक संरचना बनाउँदा सबैको साझा पहुँच स्थापना गर्ने गरी अपांगतामैत्री हुनुको विकल्प नभएको बताए । अपाङ्गता भएको कारण अधिकार बाटबञ्चित गर्न कसैले पनि नहुने भन्दै उनले अपाङ्गता भएका व्याक्तिहरुको लागि प्रयोग गरिने सम्मानार्थी शब्द प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुटवल उपमहानगरपालिका सामाजिक विकास तथा पञ्जीकरण महाशाखा प्रमुख संगीता अर्यालले अपाङ्गता भएका व्याक्तिहरुको लागि नगरपालिकाले घर घरमा गएर पनि सेवा प्रवाह गर्दै आएको बताईन । उनले अपाङ्गता भएको व्याक्तिहरुको ‘क’ बर्गको पूर्ण अपाङ्गता र ‘ख ’ बर्गको अतिअशक्तता अपाङ्गता भएका व्याक्तिहरुको सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गर्दै आएको भन्दै सामाजमा वडा मार्फत अपाङ्गता भएका व्याक्तिहरुले परिचय पत्र बनाउनको लागि पहल गर्न आवश्यक रहेको बताईन ।
उनले अपाङ्गता भएका व्याक्तिहरुको प्रमुख प्रमाण वा अधिकार स्थापना गर्ने साधानको रुपमा ‘अपाङ्गता परिचय पत्र’ रहेको भन्दै जनप्रतिधि, महिला स्वथ्य स्वमसेविकाहरुले अपाङ्गता परिचय पत्र विहिन व्याक्तिहरुलार्य परिचय पत्र बनाउनको लागि पहल गर्नुपर्ने बताईन ।
कार्यक्रममा अपाङ्गता महिला संघका अध्यक्ष कल्पना ढकालले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको बर्गीकरण, उनीहरुले पाउने अधिकार सेवा सुविधाको विषयमा प्रकाश पारेकी थिईन ।