© २०२३
चन्द्रौटा(कपिलवस्तु), चैत- हत्यापछि वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका शिव शरण पक्राउ परेका छन् । दुबईको अबुधावी पुगेका उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो । गत फागुन ११ गते शिव शरणलाई ल्याउन नेपाल प्रहरीको टोली अबुधावी पुगेको थियो ।
शिवशरणलाई इन्टरपोल मार्फत पक्राउ गरी गत बिहीबार ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे ल्याइएको छ । हत्यामा संलग्न बिक्की र राम सेवक थारुलाई प्रहरीले ६ महिनाअघि पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । घटनाको जानकारी भएपनि लुकाउन खोज्ने स्थानीय विष्णु प्रसाद थारु, लीलाराम चौधरी र इन्द्र थारु विरुद्ध मुद्दा दायर गरेको थियो । तिनै जना कपिलवस्तु जिल्ला अदालतबाट एकएक लाख धरौटी राखी तारिखमा रिहा भएका छन् ।
हत्या गरिएका कपिलवस्तुको ६७ वर्षीय गुरवा गंगाराम थारु गुरुवा हुन् । बुद्धभुमि नगरपालिका – ४, बुड्डी घर भएका उनी २०७६ साउन ६ गते राती ७ बजे हत्या भएको अवस्थामा भेटिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन घलेका अनुसार गंगारामको घाँटी, अनुहार तथा बायाँ हातको कुममा धारिलो हतियार प्रयोगगरी हत्या गरिएको थियो । गाउँकै बिक्की थारु खुट्टा दुःखेर झारफुक गराउन गुरवाकोमा गएका थिए ।
गुरवा (थारु समुदायका धर्मगुरु) गंगारामले झारफुक गरे पछि निको भएको महसुस गरेका बिक्कीले गुरुवाले बोक्सी लगाउने गरेको आशंका गरेका थिए । ५ वर्ष अगाडी मृत्यु भएको बिक्कीका बुवा विष्णु प्रसाद थारु र केही महिना अगाडी मरेका भैँसी र गोरुको दोष बिक्कीले गुरवा गंगाराम माथि थोपरेका थिए । घटना हुनु अगाडी बिक्कीले गाउँका एकजना बोक्सी छ भन्दै हिँड्ने गरेका थिए ।
त्यसैले मेरो बुबालाई पनि मा¥यो । गोरु र भैँसी पनि म¥यो । त्यसलाई चिन्नु पाए ठिक पार्छु भन्दै हिँड्ने गरेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताए । “प्रहरीले बिक्कीलाई शङ्काको घेरामा राखे पनि प्रमाण जुटाउन नसक्दा २ वर्ष देखि घटना रहस्यमय रहेको थियो । पुराना घटनाका फाइल खोली अनुसन्धान सुरु गर्दा अपराधीको पहिचान गर्न सफल भइयो“ ः–शर्माले भने ।
प्रहरीका अनुसार शिवशरणविरुद्ध भाद्र १४ गते रेड नोटिस जारी भएको थियो । भाद्र २१ गते पक्राउ गरी सुपुर्दगीको लागि कागजात मगाएको थियो ।