© २०२३
बुटवल(बुटवल टुडे) चैत- देवहमा रहेको सगरमाथा आवासीय मा.विले आफ्नो सेवाको गुणस्तरलाई वृद्धि गरी अन्तराट्रिय गुणस्तरको मापन निकाय क्ष्क्इ को लोगो प्राप्त गरेको छ ।
विद्यालयको भौतिक संरचना, शिक्षाको गुणस्तर, व्यवस्थापन सुरक्षा प्रणाली अगायतका मापदण्डहरु पुरा गरी ३ वर्ष भित्रमै आईएसओ सिर्टीफिकेट प्राप्त गर्ने उद्देश्य विद्यालयले राखेको छ ।
विद्यालयका शिक्षक, कर्मचारी र आई एसओ प्रतिनिधिहरुको संयुक्त बैठक बसी उक्त लोगो हस्तान्तरण गरेको हो । आईएसओ का नेपाल अधिकारी सुदिप शर्माले विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल लोगो प्रदान गर्दै विद्यालयले छोटो समय अवधिमै सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनिले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय यस अगाडि नै नेपाल सरका द्धारा क वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरी अवको ३ वर्षमा नै अन्तराष्ट्रिय गुणस्तरको विद्यालयको रुपमा रुपान्तरित हुने व्यक्त गरे । विद्यालयका ११० जना शिक्षक कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।