ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

डढेलो नियन्त्रण गर्न व्यवहारिक अभ्यास:तालिममा निभ्छ, वनमा निभ्दैन

४ चैत्र २०७९, शनिबार
४ चैत्र २०७९, शनिबार

पाल्पा, ३ चैत- गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास थालिएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट अभ्यास सुरु गरेको हो ।
वन कार्यालयले डढेलो जनचेतना सप्ताह कार्यक्रम नै सञ्चालन गरी यो अभ्यास गर्दै आएको छ । डिभिजन वन कार्यालय पाल्पाले सामुदायिक वनका उपभोक्ताहरुलाई सक्रिय बनाउँदै सुरक्षा निकायको सहयोगमा वन जंगलको बस्ती नजिक जोखिम क्षेत्रमा अग्नी रेखा निर्माण गरी तल माथी दायाँ बायाँ जलनशिल पदार्थ, घाँस, दाउरा, पात पतिर पूूर्ण रुपमा हटाउने अभियान सञ्चालन गरेको हो । अग्नी रेखा क्षेत्रमा झरेका पात पतिङ्गर सरसफाई गरी जलाउने अभियानबाट आगलागीको ठूूलो घटना नहुने र मानवबस्तीमा आगो छिर्न नसक्ने गरी श्रीनगरडाँडाबाट यो अभियान शुरु गरेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताए । कार्यालयले अति जोखिम मध्य जोखिम र न्यून जोखिम डढेलो लाग्ने क्षेत्रको पहिचान गरी सोही अनुसारको रणनीति बनाई काम गरेको छ ।

डिभिजन प्रमुख भट्टराईले वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएकाले डढेलो नियन्त्रणमा सबैले सहयोग गर्न आग्रह गरे । प्रमुुख भट्टराईले मानविय कारणले बढी डढेलो लाग्ने गरे बताए । उनका अनुुसार जिल्लामा ९६ प्रतिशत मानविय कारणले डढेलो लाग्ने गरेको हो । डढेलो नियन्त्रणका लागि कार्यालयले व्यापक रुपमा काम गर्दै जाने उनले बताए । उनले भने,‘हामी डढेलो नियन्त्रण गर्ने अभियानमा छौं, यसलाई सबैको सहयोग आवश्यक छ, आम नागरिकलाई सचेतना जगाउन सके पनि यो केही हदसम्म नियन्त्रण गर्न सकिन्छ, त्यसका लागि पत्रकारहरुको सहयोग आवश्यक छ ।’ कहि कतै डढेलो लागेको र कसैले लगाएको थाहा पाएमा समेत वन कार्यालयलाई खबर गरिदिन प्रमुख भट्टराईले पत्रकारहरुलाई आग्रह गरे । उनले डढेलो लगाउनेलाई तत्काल वन ऐन अनुसार कारवाही गरिने समेत बताए । उनले भने,‘आगो लगाउने जो कोहीलाई पनि हामी कानुुनी कारवाही गर्छौ, यो वा त्यो भन्ने नाममा कसैलाई पनि छुट छैन् । गल्ती गरे आफ्नै बाबा आमालाई समेत कारवाही गछौं ।’ आगो लगाउनेलाई वन ऐन अनुसार ६० हजार जरिवाना र ३ वर्ष कैद हुने प्रमुख भट्टराईले बताए ।

वन कार्यालयले सप्ताहव्यपी कार्यक्रममा डढेलो नियन्त्रणका लागि अग्नी रेखा सरसफाई, सेलिब्रटीसहितको सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । उसले तानसेनमा राष्ट्रिय कलाकार चिज गुुरुङ्ग र अस्मिता डल्लाकोटीमार्फत डढेलो सम्बन्धी सचेतनामूूलक सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा वन कार्यालयका कार्यक्रम प्रमुख उपेन्द्र अर्यालले स्थानीय स्रोत साधान र जनशक्ति परिचालन गरी डढेलो नियन्त्रण गरिने बताए । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले आम नागरिकलाई सचेत गराउन सके वनमा डढेलो नियन्त्रण गर्न सकिने बताए । नेपाल प्रेस युुनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले सामुदायिक वन उपभोक्ताहरुकै लापरवाहीले डढेलोले पश्रय पाइरहेको बताए । उनले सामुदायिक वनलाई प्रभावकारी बनाउन नसक्दासम्म डढेलो नियन्त्रण गर्न नसकिने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले डढेलो नियन्त्रण वन कार्यालय एक्लैले नियन्त्रण गर्न नसकिने भएकाले स्थानीय सरकारसँग समेत समन्वय गर्न वन कार्यालयलाई आग्रह गरे । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने उनीहरुले बताए ।

जिल्लाका ३३ प्रतिशत वनजंगल डढेलोको अति जोखिम, ३६ प्रतिशत मध्यम र ३१ प्रतिशत जंगल न्यून जोखिम रहेका छन् । यहाँ ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission