© २०२३
बुटवल चैत – जिल्ला जिल्ला प्रहरी कार्यालय चितनले फागुन महिना मा मात्रै अदालतबाट सजाय फैसला भई फरार रहेका ३७ जना प्रतिवादीलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराएको छ ।
विभिन्न घटनामा संलग्न रही अदालतबाट जरिवाना सहित सजायँ तोकीएर लामो समय देखि फरार रहेका व्याक्तिहरु पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
चालू आर्थिक बर्षको फागुन महिनासम्ममा चितवन प्रहरीले २ सय ३७ जना फरार प्रतिवादीहरु लाई नियन्त्रणमा लिईएको हो ।
ति व्याक्तिबाट ९२ लाख ८६ हजार २ सय उनन्चालिस जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर काकीले जानकारी दिए । उनका अनुसार अदालतबाट सजायँ फैसाला भएपनि लामो समय देखि फरार रहेका उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थिति गराएको हो ।
यस्तै चितवन प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालित(म्याजिक गाडी)मा सिट क्षमता भन्दा बढि यात्रु ओसार पसार गरेको भन्ने गुनासाको आधारमा चेक जाँच गरी १ सय ९० थान यात्रु राख्ने मुढा नियन्त्रणमा लिएको छ । यात्रु क्षमता भन्दा बढि यात्रु ओसार पसार गर्दा दुर्घटना जोखिम उच्च भएको कारण प्रहरी ति साधनलाई चेक जाँच गरेको े चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर काकीले जानकारी दिए ।